बागमती तीर्थयात्रा बैशाख गतेदेखि सुरु हुने
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १७:१८:२३
काठमाडौं । यस वर्षको बागमती तीर्थयात्रा बैशाख शुक्ल षष्ठी अर्थात् बैशाख २७ गतेदेखि सुरु हुने भएको छ। बैसाख २७ गते बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरी बागमती यात्रा सुरु गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोसको दूरीमा हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १ सय ६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। यात्रा सुरुवातको सङ्कल्प कोषका सदस्यसचिव ढकालले गर्नेछन्।
बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यात्रा गत वर्ष कोषको सक्रियतामा पुनः सञ्चालन भएको थियो। यात्रामा गरिनुपर्ने विधिविधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गर्नेछन्। १७ दिनको यात्रालाई गत वर्ष सात दिनमा झारेर सम्पन्न गरिएको थियो। यस वर्ष भने ९ दिनमा यात्रा गरिनेछ। क्रमशः १७ दिनमै यात्रा गर्ने तयारी कोषको छ।
पहिलो दिन पशुपतिमा पूजापछि मन्दिर परिक्रमा गरी यात्रा प्रारम्भ हुनेछ। त्यस दिन कार्यविनायकमा दर्शन एवं पूजा गरी कटुवाल दहमा प्रायश्चित्त गोदान, स्वस्ति वाचन गरी १६ तीर्थस्नान, बागमती पूजन गरिनेछ। दोस्रो दिन शिखरनारायण, तेस्रो दिन पचलीभैरव, चौथो दिन शङ्खमूल, पाँचौँ दिन पशुपतिनाथ, छैटौँ दिन सुन्दरीजलबाट वाग्द्वारतिरको यात्रा सुरु गरिने कार्यक्रम रहेको उनले बताए।
सातौँ दिन वाग्द्वारका ७ तीर्थ स्नान गरी बूढानीलकण्ठ नारायणस्थान दर्शन गरी बज्रयोगिनीमा बास बस्ने कार्यक्रम छ। त्यस दिन साँखुका दुई तीर्थमा स्नान गरिनेछ। आठौँ दिन साँखुबाट पशुपति आइनेछ। नवौँ दिन आगामी जेठ ४ गते पशुपतिस्थित रुद्रगाडेश्वर मन्दिरमा हवनसहित यात्रा समापन गरिनेछ।
यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ। यस क्रममा विभिन्न स्थानमा बागमतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताए। यात्राले बागमती स्वच्छ राख्न जागरण ल्याउने विश्वास गरिएको छ।
लामो समयदेखि रोकिएको यात्रा पुनः सञ्चालनले भावी पुस्तामा बागमती तीर्थयात्राको महत्व तथा चेतना जागृत हुने सदस्यसचिव डा ढकालले विश्वास व्यक्त गरे। गत वर्षदेखि बागमती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो।
यस वर्षको यात्रा सञ्चालनका सन्दर्भमा सोमबार सरोकारवाला निकायका अधिकारीबीच बैठक बसी तयारी गर्ने निर्णय भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए। बागमती तीर्थ यात्रासँगै पशुपति क्षेत्रका लोप भएका अन्य सांस्कृतिक परम्पराको समेत पुनर्जागरण गर्ने कोषको तयारी छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
खोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
संरक्षण अभावमा जीर्ण बन्दै गौश्वारका प्राचीन सम्पदा
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द
जेठ १९, २०८१ शनिबार
चुरे संरक्षण पदयात्रा टोलीद्वारा काठमाडौंमा र्याली
जेठ १९, २०८१ शनिबार
हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी
जेठ १९, २०८१ शनिबार
अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी
जेठ १९, २०८१ शनिबार