ह्विलचियरले ल्यायो अपाङ्गताको मुहारमा खुशी
इन्द्र रिजाल
बैशाख १७, २०७६ मंगलबार १७:३१:५
दमौली । तनहुँको रिसिङ गाउँपालिका–७ का भक्तबहादुर आले छ वर्षदेखि विनासहारा हिँड्डुल गर्न सक्कदैनन् । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहँदा दुर्घटनामा परेर उनी अपाङ्ग भएका थिए । त्यसयता उनी ह्विलचियरको सहाराले हिँड्डुल गर्छन् ।
मलेशियाबाट ल्याएको ह्विलचियर पुरानो भएपछि उनलाई केही असहज अवस्था उत्पन्न भएको थियो । रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा नयाँ ह्विलचियर प्रदान गरेपछि उनमा खुशी छाएको छ ।
“बिग्रिएको ह्विलचियर मर्मत गर्दै दुई वर्षदेखि प्रयोग गर्दै आएको थिएँ”, उनले भने, “नयाँ ह्विलचियर पाएपछि खुशी लागेको छ ।” पुरानो ह्विलचियरमा हिँड्दा समस्या हुने गरेको र अब नयाँ ह्विलचियर पाएपछि सहज हुने उनले बताए ।
व्यास नगरपालिका–६ का प्रतिमा श्रेष्ठसमेत नयाँ ह्विलचियर पाएपछि खुशी छन् । पुरानो ह्विलचियर बिग्रिएर हिँड्डुल गर्न समस्या भएपछि उनलाई नयाँ ह्विलचियरको आवश्यकता थियो । “पुरानो ह्विलचियरमा हिँड्दा कहिलेकाहीँ लड्ने समस्या थियो, नयाँ ह्विलचियरको खोजीमा थिएँ”, उनले भने, “रिसेडले नयाँ ह्विलचियर प्रदान गरेपछि खुशी लागेको छ ।”
उनी सोही वडाको जनजुक्त शाही माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन् । उनले भने, “नयाँ ह्विलचियरमा विद्यालय जान÷आउन अब सजिलो हुने भयो ।”
भक्तबहादुर र प्रतिमा मात्र होइन अन्य १८ अपाङ्गता भएका व्यक्तिसमेत ह्विलचियर पाएपछि खुशी छन् । बन्दीपुर गाउँपालिका–२ का प्रमिला कुँवर जोगीले निःशुल्क ह्विलचियर पाएपछि सजिलो भएको बताए । उनले भने, “पैसा तिरेर खरीद गर्नुपरेको भए समस्या थियो । निःशुल्क ह्विलचियर उपलब्ध गराएर आयोजकले गुन लगाएको छ ।”
रिसेड तनहुँले राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजको सहयोगमा २० जनालाई ह्विलचियर वितरण गरेको छ । करीब रु सात लाख मूल्य बराबरको ह्विलचियर वितरण गरिएको रिसेड तनहुँका अध्यक्ष पदम परियारले जानकारी दिए ।
ह्विलचियर पाउनेमा व्यास नगरपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति रहेको रिसेडका महासचिव दामोदर रेग्मीले जानकारी दिए ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य सुगम भट्टराईका अनुसार समाजले देशका विभिन्न ठाउँमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर प्रदान गर्ने गरेको छ ।
नेपालमा वार्षिक तीन हजार ५०० भन्दा बढी ह्विलचियरको माग भए पनि दुई हजारलाई मात्रै ह्विलचियर वितरण गर्न सकिएको उनले जानकारी दिए । समाजले सन् २००६ देखि नेपालमा १५ हजारभन्दा बढी ह्विलचियर वितरण गरिसकेको छ ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका प्राविधिक सुनिता रिजालले नेपालमा तीन प्रकारको ह्विलचियर वितरण भइरहेको छ । उचित स्याहारसुसार गरेको खण्डमा ह्विलचियर तीन वर्षसम्म टिक्छ । समाजले घिरिङ गाउँपालिकामा सातलाई र भिमाद नगरपालिकामा १० लाई ह्विलचियर वितरण गरिसकेको छ ।
पत्रकारमाथि दुव्र्यवहार
कान्तिपुर दैनिकका संवाददाता प्रताप रानालाई समाचार सङ्कलनको क्रममा तनहुँको भिमाद नगरपालिका–५ का सचिव रमेशप्रकाश बरालले सोमबार दुव्र्यवहार गरेका छन् ।
प्राकृतिक स्रोतसाधनमाथि भएको दोहनको समाचार सङ्कलनको सन्दर्भमा वडा कार्यालय पुगेका पत्रकार रानामाथि वडासचिव बरालले अभद्र व्यवहार गरेका हुन् ।
पत्रकारिताका माध्यमबाट आमजनतालाई सुसूचित पार्ने संवैधानिक हकअन्तर्गत सूचना माग्न कार्यालय पुगेको बेला ‘पत्रकारलाई सूचना दिन्न, जे गर्छौ गर’ भन्दै बरालले आफूमाथि दुव्र्यवहार गरेको रानाले बताए । उनले भने, “समाचार सङ्कलनको सिलसिलामा वडा कार्यालयमा जाँदा वडासचिव बरालले आक्रमक शैलीमा ममाथि दुव्र्यवहार गरे ।”
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले सोमबार नै प्रेस विज्ञप्ति प्रकाशित गरी शाखाका कोषाध्यक्षसमेत रहेका रानाप्रति भएको दुव्र्यवहारको निन्दा गरेको छ ।
शाखाका अध्यक्ष ओमकार आचार्य र सचिव उज्ज्वल पौडेलले संयुक्तरूपमा प्रेस विज्ञप्ति प्रकाशित गरी ‘पत्रकारलाई सूचना दिन्न, जे गर्छौ गर’ भन्ने बरालको अभिव्यक्ति निन्दनीय रहेको जनाएका छन् ।
“राज्यको चौथो अङ्गका रुपमा हेरिने पत्रकारिता क्षेत्रलाई नै अपमानित गर्ने ढङ्गले वडासचिव बरालले गरेका अपमानजनक दुव्र्यवहारप्रति महासङ्घ खेद प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा सूचनाको हकको प्रत्याभूति र पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै निर्वाधरूपमा सुरक्षित ढङ्गले पत्रकारिता गर्ने वातावरण निर्माण गर्न माग गर्दै पत्रकारमाथि दुव्र्यवहार गर्ने वडासचिवमाथि कारवाहीको माग गरिएको छ ।
–––
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार