मौसमविद् भन्छन्, बिहीबार र शुक्रबार हावाहुरीसहित वर्षाको सम्भावना !
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार १९:१:१
काठमाडौं । यतिबेला छिमेकी मुलुक भारतमा चक्रवात आँधीको त्रास छ । यो आँधीको प्रभाव नेपालमा पर्छ कै पर्दैन भन्ने चासो र चिन्ता जताततै व्यापक भैइरहेको छ ।
नेपालका मौसमविदले पनि यसलाई चासोपूर्वक पछ्याइरहेका छन् । मौसमविद वरुण पौडेलले भने, ‘हामीले फेनी कतातिर जान्छ भनेर डिरेक्सन ‘बाटो’ पछ्याइरहेका छौं ।’ नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी सार्वजनिक गर्दै आएको छ ।
पछिल्लो बुलेटिनमा बुधबार दिउँसो र राति देशैभरि आंसिकदेखि सामान्य बदलि रही पश्चिमी भूभागका साथै पूर्वी र मध्य पहाडी भेगका केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।
बिहीबार र शुक्रबार पनि देशैभर आंसिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । तर, अहिलेसम्म भारतको फेनी नेपाल आउने सम्भावना नदेखिएको मौसमविद बताउँछन् । ‘शुक्रबारको अन्त्यतिर पूर्व र मध्य नेपालमा हल्का असर देखिए पनि फेनी आँधीको सम्भावना नेपालमा छैन,’ मौसमविद पौडेलले भने, ‘फेनीबाट हामी डराउनु पर्दैन ।’
भारतमा भने फेनीले विनास निम्ताउन सक्ने भन्दै उत्तरी तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशको तटीय क्षेत्र लगायतका स्थानमा ३ मेसम्म सतर्क रहन सूचित गरिएको छ ।
१५५ देखि १७५ किलोमिटर प्रतिघण्टाको वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् । यसअघि २७ चैतमा आएको ‘टोर्नाडो’ आँधीका कारण नेपालका बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार