संविधानविरुद्ध सरकारको कदम, पत्रकार माथिको धरपकड बन्द गर
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार २३:३९:५२
काठमाडौं । नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ ।
पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारलाई मात्र नभइ सबै जनताको लागि आवश्यक रहेको बताए ।
वर्तमान संविधानको प्रश्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उनले भने, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पत्रकारको मात्र होइन सबै जनताको हो, प्रेस स्वतन्त्र नभएसम्म जनताको अभिव्यक्ति स्वतन्त्रता पनि हुँदैन, यसमा सरकारले दायाँबायाँ गर्न पाउँदैन ।” महासचिव गणेश पौडेलले सरकारले पत्रकारलाई निर्धक्क भएर समाचार सम्प्रेशण गर्ने वातावरण बनाउन माग गरे ।
पत्रकार बराललाई टङ्कादेवी पुरस्कार
पोखराका क्रियाशील पत्रकार ऋषिराम बराललाई ‘टङ्कादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइरालाद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार, सम्मानपत्र र दोसल्ला छ ।
दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आवद्ध रहनुभएका बराललाई पत्रकारितामार्फत समाज रुपान्तरणमा भूमिका खेलेकोमा सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
पत्रकार बराल हाल दि हिमालयन टाईम्स र आदर्श समाज दैनिकमा कार्यरत छन् । प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकार रमेश पौडेल, जमुना वर्षा शर्मा सदस्य र महासङ्घका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासङ्घको आजको बैठकले अनुमोदन गरी बराललाई सो पुरस्कार अपर्ण गर्ने निर्णण गरेको हो ।
यही वैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’को सो पुरस्कार अर्पण गरिने महासङ्घले जनाएको छ । बरालले विसं २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा शुरु गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखोटाङमा बन्यो सुम्लिखामा यलम्बर उद्यान
जेठ १८, २०८१ शुक्रबार
संरक्षण अभावमा जीर्ण बन्दै गौश्वारका प्राचीन सम्पदा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार