वैशाख २३ गतेदेखि २७ गतेसम्म ट्राफिक प्रहरीको विशेष कार्यक्रम
इन्द्र रिजाल
बैशाख १९, २०७६ बिहिबार १७:११:२६
काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सप्ताह–२०७६ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
यही वैशाख २३ गतेदेखि २७ गतेसम्म सप्ताहव्यापीरूपमा कार्यक्रम गर्न लागिएको ट्राफिक प्रहरी प्रमुख चन्द्र गिरीले जानकारी दिए । जिल्लामा दैनिकरुपमा सवारी दुर्घटनाबाट मानिसको ज्यान जान थालेपछि जनचेतनामूलक अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।
सप्ताहलाई सफल बनाउन जिल्लाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिबीच दैनिक छलफल गर्ने गरिएको छ । जिल्लाका सरोकारवालाले सप्ताहलाई सफल बनाउन प्रतिबद्धता जनाएका छन् ।
सप्ताहको पहिलो दिन वैशाख २३ गते अन्तक्र्रिया, २४ गते दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना ¥याली, २५ गते स्कूल कलेजमा सचेतना कार्यक्रम र सवारी चालक परिचालकलाई प्रशिक्षण, २६ गतेदेखि २८ गतेसम्म वडास्तरीय प्रशिक्षण अभियान, २७ गते स्थानीय निकायका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तक्र्रिया, २८ गते दीप प्रज्वलन र २९ गते समापन समारोह गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रमुख गिरीले जानकारी दिए । उनले सप्ताह सकिएपछि पनि वडास्तरमा निरन्तर सचेतना कार्यक्रम गरिने बताए।
यो आर्थिक वर्षमा जिल्लामा १२८ को सवारी दुर्घटनाबाट मृत्यु भएको छ भने ४८० घाइते भएका छन् । यो अवधिमा २५० सवारी दुर्घटना भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार