काठमाडौंमा मोबाइल जुवा अखडा, दैनिक करोडको जुवा ! प्रहरी मालामाल
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार १७:२१:२९
काठमाडौं । प्रहरीसँग भनेजस्तो सेटिङ नमिलेपछि जुवा सञ्चालकहरूले ठाउँ परिवर्तन गरी गरी मोबाइल जुवा अखडा सञ्चालन गर्न थालेका छन् ।
जुवा काण्डमा नै मेट्रो र अपराध महाशाखामा कार्यरत केही सईहरूको नाम जोडिएपछि उनीहरूको निगरानी गर्ने कार्य मेट्रोका डीआईजी शैलेस थापाले सुरु गरेपछि जुवा सञ्चालकहरूले सेटिङमा भन्दा पनि ठाउँ परिवर्तन गरी गरी जुवा सञ्चालन गर्न थालेका हुन् । दरबन्दी बाहिर भएपनि उपत्यका नछाड्ने र सधैँ कमाउ ठाउँमा बस्ने, गुण्डाहरूलाई संरक्षण गरी तिनीबाट कमाएको कालो धन व्याजमा लगाउने गर्दै आएका महाशाखादेखि मेट्रोसम्मका केही प्रहरीका अधिकृतहरू उपर छानविन हुन थालेपछि जुवा सञ्चालकहरूले ठाउँ परिवर्तन गर्दै जुवा सञ्चालन गरिरहेका हुन् ।
गणेश लामा, अजय तामाङ, विष्णु लामा, सानु लामासमेतको समूहले कहिले ललितपुरको हात्तिवन, कहिले बालकुमारी, कहिले सातदोबाटो, कहिले काठमाडौंको गौरीघाट त कहिले चावहिलको ओम अस्पतालको पछाडि ठाउँ परिवर्तन गरी गरी ठूलो कौडा सञ्चालन गर्ने गरेको सूचना मेट्रो प्रहरीकहाँ पुगेपछि उनीहरूको निगरानी सुरु गरिएको समेत थाहा भएको छ ।
एक रातमा झण्डै एक करोड बराबरको कौडाको हारजित हुने यो जुवा अखडा क्यासिनोभन्दा पनि ठूलो रहेको सूचना पाएपछि मेट्रो प्रहरीले यसका लागि छुट्टै प्रहरी टोली नै परिचालन गरेको थाहा भएको छ । मेट्रोको सिभिलमा कार्यरत सई डम्बर श्रेष्ठलाई विवादमा मुछिएको भन्दै धनकुटा काज सरुवा गरेको समेत थाहा भएको छ ।
यसैगरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा ६ तिवारी टोलस्थित प्रेम तिवारीको एक तले घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ का ५४ वर्षीय रेन्जेन दोङसहित सात जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट प्रहरीले एक लाख १६ हजार ८१५ रूपैयाँसमेत बरामद गरेको छ । कागेश्वरी मनहरा नगरपालिका– ९ स्थित खहरे बस्ने कुमार बोहराको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने नवराज विष्टसमेत ३ जनालाई एक लाख १० हजार रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँकेको कोहलपुरमा जुवाखाल फस्टाएको छ । प्रहरीकै संरक्षणमा मिनि क्यासिनो शैलीमा जुवाखालहरू फस्टाएका हुन् । इप्रका कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले नै मासिक पाँच लाखभन्दा धेरै जुवाबाट उठाउने गरेका छन् । लामो समयदेखि त्यहाँ कार्यरत घुुमुवाहरू नरेन्द्र शाही र कलबहादुर रावलले जुवाखालबाट पैसा उठाउने गरेका थिए । नियमित पैसा बुझाउनेहरूलाई उनीहरूले नै संरक्षण दिने गरेका छन् ।
कतिपय ठाउँहरूमा उनीहरूले नै जुवा खेलाउने गरेको कसैले त्यसबारे सूचना दिएमा उल्टै उनीहरूलाई नै दुःख दिने गरेको उजुरी माथिल्लो निकायमा पुगेको छ । डिआइजीसम्मलाई पैसा बुझाएर मिलाउने भन्दै उनीहरूले डिएसपी सिंहको नाममा पैसा उठाउने गरेका हुन् । कोलहपुरका डिएसपी सिंह ललितपुरमा हुँदा घुससहित रंगेहात पक्राउ परेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
सुन्तला खेतीका लागि प्रसिद्ध रहेको अर्जेवा गाउँ
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार