आवास निर्माण गर्न १२ स्थानमा शिलान्यास हुने
इन्द्र रिजाल
बैशाख २०, २०७६ शनिबार ४:२४:२८
काठमाडौं । हावाहुरी र असिना पानीसहित भएको चक्रपातका कारण क्षति भएका बारा र पर्साका विभिन्न ठाउँमा आवास निर्माण गर्न शनिबार १२ स्थानमा एकैसाथ शिलान्यास गरिने भएको छ ।
भिन्नभिन्न स्थानमा हुने सो शिलान्यासमा सहभागी हुन उपप्रधानमन्त्रीद्धयसहित सरकारका १० मन्त्री त्यसतर्फ जाने नेपाली सेनाले जनाएको छ ।
उपप्रधानमन्त्रीद्वय ईश्वर पोखरेल र उपेन्द्र यादव तथा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा तथा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, खानेपानी मन्त्री बीना थापामगर र भूमी व्यवस्थापन, सहकारी र गरीबीमन्त्री पद्माकुमारी अर्याल त्यसतर्फ जाने कार्यक्रम रहेको छ।
प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वर कायस्थ र मुख्यमन्त्री लालबाबु राउत पनि शिलान्यास समारोहमा सहभागी हुने भएका छन् । नेपाली सेनाले साउनको मध्यसम्ममा सम्पन्न गर्ने गरी बारामा एक हजार ३६२ तथा पर्सामा ९१ वटा घर निर्माण गर्ने कार्यक्रम तय भइसकेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
गत चैत १७ गतेको चक्रपातमा २८ जनाको मृत्यु हुनका साथै ठूलो परिमाणमा भौतिक संरचनामा क्षति भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउखुको जुस बेचेर मनग्य आम्दानी
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार