बारामा प्रहरी–तस्कर सेटिङ , डीआईजी पाल मौन–घुमुवाको रजगज !
इन्द्र रिजाल
बैशाख २१, २०७६ शनिबार २०:२०:३८
बारा । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराईको निर्देशनमा व्यापक तस्करी फस्टाउन शुरु भएको खबर छ । उनले तस्करहरुबाट घुस असुल्न खटाएका घुमुवा हवल्दार रामविनय सिंह र क्राइम ब्रान्च टोलीका नाममा सिभिलमा नै परिचालन हुँदै आएका सई उपेन्द्र साहको समूहले तस्करहरुसँग सेटिङ मिलाएर तस्करी धन्दा संचालन गराएको समाचार स्रोतको दावी छ ।
यसको पछिल्लो उदाहरण नेपाल प्रहरीले तस्करी गराई छोडेको सामान सशस्त्र प्रहरीले पक्राउ गरेपछि खुलासा भएको हो । गत साता मात्र सशस्त्र प्रहरीको सीमा सुरक्षा बलको टोलीले विश्रामपुर गाउँपालिका– ३ खुदियाटोलास्थित सीमा इलाकाबाट करिब ११ लाख रूपैयाँबराबरको चोरी पैठारीको रेडिमेड कपडासहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा भारतको पूर्वी चम्पारण तेलकुँवा– १ घर बताउने नाझा यादव र भारतकै मोतिहारी घर बताउने मुनिलाल पटेल छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त कपडासहित पक्राउ गरेको हो । भारतबाट अवैधरूपमा भन्सार छली ना. १ त. ७७६० र ना. ४ त. ३३२८ नम्बरका ट्रयाक्टरको ट्रली मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएकोे थियो । एपीएफ टोलीले त्यसबेला उक्त कपडा ल्याउन प्रयोग भएको दुईवटै ट्रयाक्टर नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएको छ भने सामान पथलैया राजस्वमा बुझाएको छ ।
तस्करीको सामानसहित पक्राउ परेका दुवै भारतीयले उक्त सामान आफूहरूले नेपाल प्रहरीका घुमुवाहरूलाई सेटिङ मिलाएर ल्याएको बयान दिएपछि बाराका एसपी सानुराम भट्टराईले घुमुवामार्फत तस्करीको लाइन चलाइरहेको खुलासा भएको हो । सई उपेन्द्र साह यसभन्दा अघि घुमुवाका रूपमा परिचालित थिए । रामजानकी विवाह महोत्सवमा २ नम्बर प्रदेश कार्यालयका डीआईजी हरिबहादुर पालले सई उपेन्द्र साहलाई जनकपुर तानी केही दिन त्यहाँ राखी मोलतोल मिलाएर फर्काएपछि बारामा तस्करी धन्दाले फेरि मलजल पाएको हो ।
एसपी भट्टराईको घुमुवाका रुपमा बदनाम भएपछि त्यसलाई छल्न घुमुवाबाट हटाएको नाटक मञ्चन गरि क्राइम ब्रान्च टोलीको प्रमुख बनाइएको छ । तर तिनै सई उपेन्द्र साहको ट्वाइसी बसेका हवल्दार रामविनय सिंह अहिले घुमुवाका रूपमा परिचालित छन् । सई उपेन्द्र साह क्राइम ब्रान्च टोलीको भनिए पनि उनले तस्करदेखि व्यापारीहरूसँग साँठगाँठ गर्ने, रकम असुल्ने काम गर्दै आएको सूचना प्रहरी मुख्यालयसम्म पुगेको छ । अपराधीहरू खोजविन गर्ने नाममा सई उपेन्द्र साह तस्करदेखि व्यापारीहरूलाई भेट्न जाने र कतिपय अवस्थामा हवल्दार रामविनय सिंहलाई नै प्रयोग गरी रकम असुल्दै आएको समेत खुलेको छ ।
सशस्त्र प्रहरीले तस्करी गरी ल्याउँदा पक्राउ गरेको कपडा तस्करहरूले उनीहरूको नाम पोलेपछि यो तथ्य सार्वजनिक हुन पुगेको हो । एसपी भट्टराईको विशेष संरक्षणमा अहिले सई उपेन्द्र साह र हवल्दार रामविनय सिंहले बारामा असुलीधन्दा मच्चाइरहेका छन् । यी दुवै जनाको सम्बन्ध भैँसीको कारोवारमा संलग्न फेगन, खान साहेब, त्यसैगरी कपडाको तस्करीमा संलग्न सोनेलाल साह, बाबुलाल साह, खैनीको तस्करीमा संलग्न राजकिशोर, मुसहर्वा चौकीबाट मरिचको तस्करी गर्दै आएका सुभास मुखियासँग नजिकको सम्बन्ध रहेको समेत थाहा भएको छ ।
यी तस्कर र घुमुवाहरूले प्रयोग गर्ने गरेको मोबाइल नम्बरको कल डिटेल हेरेमा पनि उनीहरूको सम्बन्ध कति नजिकको छ भन्ने कुरा थाहा हुने बाराका प्रहरीहरू नै बताउँछन् । मुसहर्वा प्रहरी चौकीभन्दा पारी भारतमा सहदेवा र महदेवा गाउँ पर्दछ, उक्त गाउँ दलित जातिका मानिसहरूको बस्ती रहेको कारण तस्करहरूले ती बस्तीका घरहरूमा सामान ल्याई लुकाउने र प्रहरीका घुमुवाहरूलाई प्रयोग गरेर अनुकूल समयमा नेपाल भित्र्याउने काम गर्दै आएका छन् ।
अहिले बैरनिया क्षेत्रबाट सई उपेन्द्र साह र हवल्दार रामविनय सिंहको समूहलाई मिलाएर तस्करहरूले सेटिङमा तस्करी गराइरहेका छन् । त्यसैको परिणाम हो सशस्त्रले समाएको तस्करीको सामान । यसरी नै जिल्लाका घुमुवाहरूले सेटिङमा छोडेको तस्करीको सामान जिप्रका बाराकै मातहतको प्रहरी चौकीले पक्राउ गर्न सफल भएको छ । इप्रका जितपुरले भन्सार छली गरेर ल्याएको अवैध लत्ताकपडासहित एक ट्रकलाई नियन्त्रणमा लिएको थियो । भारतबाट आउँदै गरेको ना ७ ख ७९८४ नम्बरको ट्रकलाई नियमित चेकजाँच गर्ने क्रममा ४० लाख बराबरको अवैध सामान फेला परेको हो ।
मोलतोल मिलेपछि डीआईजी पाल मौन धारण गरेर बसेका छन् भने एसपी भट्टराईले मलाई मारी रहेका छन् । सई उपेन्द्र साह र हवल्दार रामविनय सिंहजस्ता बदनाम घुमुवाहरूलाई तत्काल जिल्लाबाट नै नहटाएका खण्डमा यिनै घुमुवाका कारण नेपाल प्रहरी संगठनले नै बदनामी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको यहाँका प्रहरीहरू बताउँछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार