पौराणिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार कार्य शुरु
इन्द्र रिजाल
बैशाख २२, २०७६ आइतबार १४:५३:५
काठमाडौं । लिच्छविकालमा निर्माण भएको ऐतिहासिक, धार्मिक, सांकृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिर जीर्णोद्धार एवं छाना फेर्ने काम शुरु भएको छ ।
तीनतले प्यागोडा शैलीको मन्दिरमा दुई तला झिँगटीले छाइएको छ । तलका ठूला दुई तला झिँगटीले छाएको मन्दिर जीर्ण बनेको थियो । पुरातात्विक महत्वका काठ बिग्रन थालेको थियो । टुँडाल झर्न थालेका थिए । मन्दिर संरक्षणका लागि पुरातत्व विभागले रु एक करोडको लागतमा जीर्णोद्धार गर्न लागेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिका र स्थानीयवासीको सक्रियतामा मन्दिरमा तामामा सुनको लेप लगाई छाना फेर्ने काम पनि शुरु भएको छ । यसका लागि गत वर्ष श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट रु ३ करोड उठेको थियो । नगरपालिकाले रु १ करोड बजेट विनियोजन गरेको छ । छाना फेर्न रु १७ करोड बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छाना पुनःनिर्माण समितिका संयोजक कोमलबहादुर विष्टले बताए ।
मन्दिरको छाना फेर्न रु २४ लाख ५१ हजार १११ सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ तालिञ्चोकका उत्तमकुमार थापालाई शनिबार मन्दिर आयोजित विशेष कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले सम्मान गरे । हालसम्म बीचको तलाको छाना फेर्ने बजेट प्राप्त भएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले नगरपालिकाको नाम समेत मन्दिरकै नामबाट राखिएकाले जीर्णोद्धार एवं छाना फेर्ने कामलाई प्राथमिकतामा राखिएको बताए । काम सम्पन्न गर्न अझै स्रोत अपुग हुने भएकाले फेरि महायज्ञ आयोजना गर्ने विषयमा छलफल भइरहेको नगर प्रमुख चालिसेले सुनाए ।
मन्दिरमा भाद्र कृष्ण औँसी अर्थात् बाबुको मुख हेर्ने दिन दिवङ्गत पिताको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा पुगी जल, पिण्ड र सिदादान गरेमा घर, मामाघर र ससु्राली तर्फका २१ पुस्ता तर्छन् भन्ने पौराणिक मान्यता छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
फेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक घाइते
जेठ १८, २०८१ शुक्रबार
म्याग्दी युवा कपको उपाधि बौदीकाली र धादिङ स्पोर्टस् क्लबलाई
जेठ १८, २०८१ शुक्रबार
ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि
जेठ १८, २०८१ शुक्रबार
नेपाल र अमेरिकाबीचको अभ्यास खेल वर्षाले रद्द, अब नेपालले सिधै विश्वकप खेल्ने
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार