राष्ट्रिय सूचना आयोगले मनायो ११ औं स्थापना दिवस
इन्द्र रिजाल
बैशाख २२, २०७६ सोमबार ०:२:११
काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
सोही उपलक्ष्यमा आयोगको भवन परिसरमा आयोजना गरिएको जलपान तथा स्वागत समारोहमा मन्त्रिगण, संवैधानिक निकायमा प्रमुख, नेपाल सरकारका पदस्थ अधिकृत, सुरक्षा निकायमा प्रवक्ता, अधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता रह्यो । यसअघि आजै बिहान आयोगले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आजै आयोगले आफ्नो प्रतिवेदन बुझाउँदैछ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था छ । सूचनाको हक नागरिकको मौलिक अधिकारको रुपमा रहेको छ ।
सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने नागरिकको अधिकार हो । असल शासनका लागि सूचनाको हकको उचित परिचालन हुनुपर्दछ भन्ने मान्यता राखिन्छ । आयोगले सूचना लिने र दिने संस्कृतिको विकासमा जोड दिँदै आएको छ । प्रत्येक सार्वजनिक निकायले आफ्नो सूचना तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ । विसं २०६४ वैशाख २२ गते स्थापना भएको आयोगका वर्तमान प्रमुख आयुक्तमा कृष्णहरि बाँस्कोटा तथा आयुक्तद्वयमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना रहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार