५ विद्यालय गाभिए, शिक्षकको अन्य विद्यालयमा पदस्थापन
इन्द्र रिजाल
बैशाख २२, २०७६ सोमबार ०:२९:३३
काठमाडौं । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्रका पाँच सामुदायिक विद्यालयलाई नजिकका विद्यालयसँग गाभेको छ । विद्यालयको गुणस्तर वृद्धि गर्न नगर शिक्षा समितिले विद्यार्थी नभएका र न्यून विद्यार्थी भएका पाँच विद्यालयलाई नजिकका विद्यालयमा गाभेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिए ।
नगरपालिकाले कम विद्यार्थी भएका नगरपालिकाका वडा नं १ को उपयोगी आधारभूत विद्यालयलाई सिरुटार माध्यामिक विद्यालयमा र वडा नं ३ को बालकोट आधारभूत विद्यालयलाई गणेश आधारभूत विद्यालयमा गाभेको उनले जानकारी दिए । त्यस्तै वडा नं ७ को भीम आधारभूत विद्यालयलाई नजिकको ज्योति माविमा र जनविकास आधारभूत विद्यालयलाई भैरवी आधारभूत विद्यालयमा गाभेको छ ।
वडा नं १० को नवज्योति आधारभूत विद्यालयलाई देउजागाउँ आधारभूत विद्यालयमा गाभिएको नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए । नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने अभियानस्वरुप ती विद्यालय गाभिएको उनले बताए । विद्यालय गाभिएपछि ती विद्यालयमा रहेका ५५ शिक्षकको नगरपालिकाले सरुवा एवं पदस्थापन गरेको छ ।
नगरपालिकाले १७ शिक्षकको सरुवा गरेको र गाभिएका विद्यालयमा कार्यरत ३२ शिक्षकको अन्य विद्यालयमा पदस्थापन गरेको उनले जानकारी दिए । सरुवा एवं पदस्थापन भएकामा प्रावि दरबन्दीका ४५, निमाविका चार, मावि तहका दुई र चार बालविकास केन्द्रका शिक्षक रहेका छन् । विद्यालय गाभिएपछि नगरपालिका क्षेत्रमा ३४सामुदायिक विद्यालय कायम भएका र जसमध्ये दुईमा कक्षा–१२ सम्मको पढाई हुने गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार