चिनियाँ ह्याकरको आक्रमणमा सरकारी वेवसाइट, श्रम स्वीकृती, राहदानी र मालपोतका सेवा ठप्प
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १४:४९:५२
काठमाडौं । हिजो दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ ।
सरकारी सर्भर बन्द, देशभर सेवा प्रभावित
त्यसो त चार दिनदेखि लगातार सरकारी वेबसाइटमाथि आक्रमण प्रयास भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार निरन्तर आक्रमणकै कारण सरकारी वेबसाइटमा समस्या आएको हो । ‘आक्रमण रोक्न हामीले लगातार प्रयास ग-यौँ । तर, छिनछिनमा हुने आक्रमणले सबै सरकारी वेबसाइट एकसाथ बन्द हुन पुगे,’ उनले भने, ‘डाटा सेन्टरमा सुरक्षा प्रणालीका रूपमा डिजिओएस हार्डवेयर र उच्च क्षमताको सर्भर प्रयोग गरिएको छ । त्यसका बाबजुद वेबसाइटमा आक्रमणकारीले एकैपटक ठूलो मात्रामा ट्राफिक पठाउँदा थेग्न नसकेपछि सर्भर डाउन भएको हो ।’केही दिनयता सरकारी वेबसाइट छिनछिनमा बन्द हुने समस्या देखिएको थियो । आइतबार १०ः३० बजेपछि करिब पाँच घन्टा सरकारी वेबसाइट पूरै बन्द रहे ।
‘कहिलेकाहीँ फेसबुक पनि रोकिन्छ । यस किसिमको जोखिम आउँछ भनेर सचेत रहने विषय हो,’ सहायक निर्देशक पोखरेलले भने, ‘हामी अहिले समस्याको छिद्र पहिल्याइरहेका छौँ । आगामी दिनमा यस किसिमको आक्रमण आउन नदिने प्रयासमा जुटिरहेका छौँ । सम्भवत अब यो हदसम्मको समस्या बेहोर्नुपर्ने छैन ।’ केन्द्रको अनुसन्धानमा चिनियाँ भूमिबाट साइबर हमला भएको देखिएको छ ।
कोरिया सरकारको सहयोगमा हेटौंडामा ब्याकअपको रूपमा छुट्टै डाटा सेन्टर छ । सरकारले त्यो डाटा सेन्टर यसै महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हेटौंडाको डाटा सेन्टर सञ्चालनमा आए यस किसिमका आक्रमण हुँदा विकल्प तयार रहनेछ । साइबर सुरक्षाको क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता सचिन ठकुरी सरकारी वेबसाइटमा पुराना तथा अवधि सकिएका सफ्टवेयर प्रयोग भएका कारण यस्तो समस्या आउने गरेको बताउँछन् । ‘ब्याकअपका रूपमा सर्भरको व्यवस्थापन गर्न सकिएको भए यस्ता आक्रमण आएको अवस्थामा छोटो समयमै समस्या समाधान गर्न सकिने थियो,’ उनी भन्छन् ।
वैदेशिक रोजगारीसम्बन्धी सबैजसो सेवा प्रभावित भए
भीष्मकुमार भुसाल
महानिर्देशक, वैदेशिक रोजगार विभाग
अप्रत्याशित रूपमा आइतबार दिनभरजसो सर्भर डाउन हुँदा वैदेशिक रोजगारीमा जान टिकट लिएका कामदारलाई समस्या परेको छ । तर, आइतबार नै जान बाध्य कामदारको संख्या थोरै भएकाले कार्यालय समयभन्दा पछाडि समेत श्रम स्वीकृतिको काम गरिरहेका छौँ । वैदेशिक रोजगारीसम्बन्धी सबैजसो सेवा अनलाइन प्रणालीमै रहेकाले गुनासो दर्ता गर्नेदेखि मागपत्र प्रमाणीकरणसम्मका सेवा प्रभावित भए । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली विभिन्न निकायको अनलाइन प्रणालीसँग अन्तरआबद्ध भएकाले सूचना आदानप्रदानमा समेत समस्या झेल्नुप(यो ।
दर्तादेखि भुक्तानीसम्मका सेवामा समस्या भयो
यज्ञप्रसाद ढुंगेल
उपमहानिर्देशक, आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व विभागअन्तर्गतका दर्तादेखि भुक्तानीसम्मका सबै सेवा अनलाइन प्रणालीमा छन् । सेवाग्राहीले आफ्नो विवरणसमेत अनलाइनमै हेर्न मिल्छ । दिनभरजसो सर्भरमा समस्या आउँदा सेवा प्रभावित भयो । कार्यालयमा सम्पर्क राख्ने केही सेवाग्राहीलाई आइपीको माध्यमबाट सेवा लिन आग्रह गरेका थियौँ । छोटो समयका लागि समस्या आउने गरेको भए पनि यति लामो समयसम्म सेवा प्रभावित भएको यो नै पहिलोपटक हो । यस किसिमको समस्याको विकल्पका विषयमा समेत हामीले सोच्नुपर्ने भएको छ ।
सर्भरमा समस्या आउँदा कागजी प्रक्रियामै जानुप(यो
रामकाजी खड्का
महानिर्देशक, राहदानी विभाग
राहदानीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरिएको छ । तर, सर्भरमा समस्या आएपछि हतारो भएकालाई कागजी प्रक्रियाबाट फारम भर्न लगाएका छौँ । बाँकीलाई भने भोलि आउन भनेका छौँ । यस्तो समस्या यसअगाडि बेहोर्नुपरेको थिएन । नयाँ पत्रिकाबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
जेठ १७, २०८१ बिहिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहद अध्ययन गर्न गृह मन्त्रालयले बनायो कार्यदल
जेठ १७, २०८१ बिहिबार
पेशी दोहोरिने प्रकरणः अदालतको सिस्टमबाटै हुन्छ कि नियतबस गरिन्छ ?
जेठ १७, २०८१ बिहिबार
भानुभक्त जन्मस्थल विकास समितिको स्वामित्व ग्रहणको समस्याले अन्योल
जेठ १७, २०८१ बिहिबार
संयुक्त राष्ट्रसंघका अधिकारीहरूद्वारा अफगानिस्तानमा महिलाको अवस्थाबारे चिन्ता व्यक्त
जेठ १७, २०८१ बिहिबार