प्रभु बैंकले मार्यो छलाङ, अर्बपति क्लबमा भित्रिदाँ खराब कर्जा घट्यो , ब्याज आम्दानी र जगेडा कोषमा उच्च बृद्धि
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १६:४४:५९
काठमाडौं। प्रभु बैंकले अधिकांश सुचकहरुमा छलाङ मारेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खराब कर्जाको अनुपात घटाउदै गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको हो ।
बैंकले यस अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ मुनाफा आर्जन गरि आफुलाई अर्बपति क्लबमा भित्र्याउन सफल भएको छ। बैंकले गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।
किष्ट बैंकदेखि ग्राण्ड बैंक जस्ता समस्याग्रस्त बैंकहरुलाई गाभेरै भएपनि समय मै ८ अर्ब २३ करोड चुक्ता पुँजी पुर्याएको बैंकले संस्थागत सुशासनलाई विशेष ध्यान दिदाँ क्रोनिकको रुपमा रहेको खराब कर्जालाई उल्लेख्य रुपमा घटाउन सफल भएको हो । गतवर्षको सोही अवधिमा बैंकमा ३.९० प्रतिशत खराब कर्जा रहेकोमा यस अवधिमा १.४८ प्रतिशतले घटाई खराब कर्जा अनुपात २.४२ प्रतिशतमा झार्न सफल भएको छ ।
बैंकले यस अवधिमा आधार ब्याजदर र कोषको लागत दुबै घटाउन सफल भएको छ । बैंकको आधार व्याजदर १.५५ प्रतिशतले घटेर ९.१६ प्रतिशतमा झरेको छ। गतबर्षको यही अवधिमा बैंकको आधार व्याजदर ११ प्रतिशत रहेको थियो । निक्षेप तानातान हुदाँको अवस्थामा पनि आधार व्याजदर घटाउन सक्नुले यस बैंकबाट कर्जा लिएर कारोबार गर्ने व्यवसायीलाई कर्जाको व्याजदर घट्ने हुदाँ ठुलै राहतको महशुश भएको छ ।
त्यस्तै बैंकले गत वर्षको तुलनामा ३५ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने व्याज खर्च १७ प्रतिशत मात्रै बढेको छ। बैंकले यस अवधिमा ८ अर्ब एक करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने व्याज खर्च चार अर्ब ६४ करोड रुपैयाँ छ। बैंकको खुद ब्याज आम्दानीमा देखिएको ७३.३१ प्रतिशत बढीको उच्च वृद्धिले बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६७ रुपैयाँले बढेको छ। बैंकको ब्याज खर्च घट्दा धेरै आम्दानी गर्न सकेको देखिन्छ भने कोषको लागत ६.३९ बाट ६.१८ प्रतिशतमा झरेको छ।
अधिकांश बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतको हाराहारीमा पुगी दवाव झेलिरहदाँ प्रभु बैंकको सीसीडी रेसियो भने ७५.८२ प्रतिशत मात्र रहेको छ । यसबाट बैंक कम्र्फटेवल जोनमा रहेको देखिनुका साथै कर्जा लगानीका लागि पनि सहज वातावरण रहेको देखिन्छ । चैत मसान्तसम्म बैंकले एक खर्ब ७ अर्ब ४५ करोड २३ लाख निक्षेप संकलन गरि ८९ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको बैंकले निक्षेप संकलन २२ प्रतिशलते बढाउँदा ऋण लगानी २१ प्रतिशतले वृद्धि गरेको छ।
बैंकको स्प्रेडदर पनि राष्ट्र बैंकले तोकेको सीमा भित्रै रहेको छ । चैत मसान्तसम्ममा बैंकको स्प्रेड दर ४.८८ प्रतिशत कायम रहेको छ। मौद्रिक नीतिको मध्यावधि समिक्षाले तोकेको ४.५ प्रतिशतको अनुपातलाई बैंकले अबको तीन महिनामा झार्नु पर्नेछ।
बैंकले कूल एक अर्ब ४५ करोड २१ लाख रुपैयाँ मुनाफा गरेकोमा कूल ३० करोड ८३ लाख रुपैयाँ बराबरको कर लगायत अन्य व्यवस्था गरेको छ। बैंकले विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २९ करोड ४ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा एक करोड ४५ लाख २१ हजार र रेगुलेटरी रिर्जब कोषमा ३४ लाख ६ हजार छुट्टाएको छ।
चालु आवको यस अवधिमा गरेको मुनाफाअनुसार चालु आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीलाई १८.५२ प्रतिशत लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।
हालको पूँजी अनुसार १८.५२ प्रतिशत लाभांश बाँड्नसक्ने देखिएपनि गत आवको ८ प्रतिशत बोनस पुँजीकरण पश्चात कायम हुने ८ अर्ब ८८ करोड चुक्ता पूँजी अनुसार बैंकले १७.१७ प्रतिशत लाभांश वितरण गर्न सक्नेछ ।
बैंकको जगेडा कोष ८.६८ प्रतिशतले बढेर तीन अर्ब ७० करोड ६७ लाख पुगेको छ । गत आबको चैत मसान्तसम्ममा बैंकको जगेडा कोष तीन अर्ब ४१ करोड ७ लाख थियो। यस्तै रिटेन्ड अर्निङ्ग ७७ करोडबाट एक अर्ब ९१ करोड पुगेको छ ।
बैंकको जगेडामा ५ अर्ब ७७ करोड रुपैयाँ जम्मा भएको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ १५ पैसा, र मूल्य आम्दानी अनुपात १०.५८ गुणा रहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार