प्रधानाध्यापकलाई कुट्ने दुई जना पक्राउ
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १७:१३:५९
बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।
जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । जातीय आक्षेप आउने खालका शब्द प्रयोग गरी गालीगलौज र हातपातसमेत गरी विश्वकर्मालाई घाइते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जालीविरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ ।
विद्यालय सञ्चालनकै विषयमा छलफलमा बसेको समयमा आफूमाथि दलित भएकै कारण जातीय विभेद हुने अपशब्द बोल्दै लतारेर आँगनबाट खसाल्दा खुट्टामा गम्भीर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरी फर्किएको प्रअ विश्वकर्माले बताए । वैशाख ६ गते बेनी आउनुभएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ‘रिफर’ गरेको थियो ।
वैशाख ७ गते छोरा दिप्सनमार्फत् जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाए पनि १५ गते मात्र दर्ता भएको हो । जातीय छुवाछूतसम्बन्धी मुद्दामा एक वर्ष कैद र रु १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । यस घटनामा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले समेत जातीय विभेद गरी शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सीपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी
बैशाख ३१, २०८१ सोमबार
विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग
बैशाख २९, २०८१ शनिबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार