रक्तचन्दन र लागुऔषधसहित २ जना पक्राउ
इन्द्र रिजाल
बैशाख २४, २०७६ बुधबार ३:५३:१०
काठमाडौं । महानगरीय प्रहरीवृत्त जगातीको चेकपोष्टले जगातीबाट रक्तचन्दन र लागुऔषधसहित पक्राउ गरेको छ । सुरक्षा जाँचका क्रममा सूर्यविनायक नगरपालिका– ८ जगातीमा उदयपुर बेलटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख २३०० नं को माइक्रोबसले छतमा बोरामा राखी ल्याउँदै गरेको ५६ टुक्रा रक्तचन्दनसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउपर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का ३६ वर्षीय बुद्धि तामाङ र उदयपुर बेलटारका १९ वर्षीय मोहन नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको र काठ जिल्ला वन कार्यालयलाई बुझाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
त्यसैगरी प्रहरीले जगाती चेकप्वाइन्टमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा४१प ३१५५ नंको मोटरसाइकलमा जाँच गर्दा झोलामा बोकेर ल्याइएको लागुऔषधसहित धनकुटा महाभारत गाउँपालिका–२ घर भई हाल काभ्रेपलाञ्चोक बनेपा बस्ने २४ वर्षीय राजेश राईलाई पक्राउ गरेको छ ।
प्रहरीले निजको साथबाट अवैध लुपिजेसिक, एभिल, फेनरागन, डाइजेपाम र नाम नखुलेको औषधिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।
लागुऔषधसहित आएको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने २६ वर्षीय मदन राई मोटरसाइकलसहित फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
सुन्तला खेतीका लागि प्रसिद्ध रहेको अर्जेवा गाउँ
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार