कांग्रेसको गुटवन्दी र असफल नेतृत्व
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २१:१७:१७
एकतिर कम्युनिस्ट सरकारको सर्वसत्तावादी शासन भित्र प्रत्येक नेपालि नागरिक उकुसमुकुस बनिरहेका बेला र दिनदाहाडै हत्या,हिसा,बलत्कार,भ्रस्टचार,विसंगती र बेथीतिले देश चुर्लम्म डुबेका बेला कांग्रेस केन्द्रिय स्तरका नेताहरुको ध्यान भने १४ औं महाधिवेशन र आफ्नो गुट उपगुट निर्माण गर्नेतिर अगाडी वढाइरहेका छन् ।
उनीहरुलाई नेपाली कांग्रेसको संगठन प्रति कुनै चिन्ता र मतलब नै छैन नकी कम्युनिस्ट सरकारले नेपाली जनता सामु गरेको घोर अपमान र जघन्य अपराधको नै । एकापटी कम्युनिस्ट शक्तिहरु एकिकरणको अभियानमा लागरिहेका छन भने अर्कापट्टी कांग्रेसीहरु भएका संगठनलाई भत्ताभुङ्ग वनाउनमा व्यस्त देखिन्छन ।
कांग्रेसको बर्तमान नेतृत्व नै योजनावद्ध तरिकावाट एकले अर्कालाई सिध्याउने र निर्वाचनमा भएको पराजयलाइ लिएर एक अर्कालाई दोषारोपण गरेर व्यक्तिको चरित्र हत्या,मानमर्दन र आचरणमा समेत आँचपु¥याउने किसीमवाट अभिव्यक्ति दिने र त्यस्ता खाले अभिव्यक्तिलाई नेतृत्वले वढवा दिने,कार्यकर्तालाई उचाल्दिने जस्ता कृयाकलापले पार्टीका ईमान्दार कार्यकर्ताहरु किंकर्तव्यविमुढ देखिएका छन् ।
निर्वाचनको पराजय र त्यसबाट श्रृजीत पिडालाई लिएर आफै अजुरी गर्ने, आफै उजुरीलाई कार्यान्वयन गराउन सिफरिश गर्ने दबाव दिने र आफै न्यायधिश बनी हरेक सार्वजनिक समारोहमा आफ्ना समकक्षी नेताहरुलाई गाल िगलोज गर्ने, धम्क्याउने र निषेधको राजनिती गरी आफ्नो व्याकिगत अभिलाषा पुरा गर्न वर्तमान नेतृत्व भरमग्दुर प्रयास गरिरहेको देखिन्छ ।
एकातिर वर्तमान नेतृत्वले केही वचेखुचेका त्यागी, होनाहार कांग्रेसीहरुको गला निमोठने, गलहत्याउने र उनीहरुलाई पार्टीवाट नै वर्हीगमन तिर धकेल्ने ठूलो षडयन्त्र भईरहेकोेछ भने अर्कोतिर संगठन विस्तारको नाममा विना तयारी, विना प्रशिक्षण कांगे्रसको सिद्यान्त, आदर्श र वि।पी।को समाजवादी चिन्तनको वारेमा यथोचित प्रशिक्षण नै नगराई नया नया धनाढ्य, डन र फुईफुट्टाहरुलाई पार्टीको जिम्मा लगाउने र त्यसलाई अर्को गुटसंग भिडाएर भिडतन्त्रमा परिणत गरी पार्टी सिध्याउने गम्भीर चालबाजी भएको प्रस्टै देखिन्छ ।
अहिले देश दौडाहामा निस्कीएका केन्द्रिय नेताहरु नेपाली कांग्रेस पार्टीको संगठन विस्तार र मजबुद बनाउन कदापी हुदै होईन । यिनीहरु त केवल आ।आफ्नो गुटको झुण्उ निर्माण गर्ने र उक्त झुण्डलाई अर्को झुण्डसंग भिडाएर कांग्रेस निमिटयान्न पार्न खोजेका छन । त्यसको ज्वलन्त उदाहरण हाल ने।वि।संघ मा देखिएको ४वटा गुटवाट प्रस्टै देखिन्छ । होईन भने एउटा गुटको झुण्ड कार्यक्रममा पुग्दै गर्दा अर्को गुटको झुन्ड त्यस कार्यक्रममा उपस्थितिनै नहुने र अर्को गुटको झुण्ड कार्यक्रममा आईपुग्दा एउटा गुटको झुण्ड अनुपास्थिती रहने खेलले कांग्रेसलाई कहा पु¥याउछ यो सोचनिय विषय बनेकोछ ।
वर्तमान अवस्थामा कांग्रेस केन्द्रिय नेतृत्व स्वेच्छाचारी ढंगले अगाडी वढीरहेको छ । नत गाउँ, वडा, क्षेत्र, जिल्ला हुदै महासमिती भेलाले निर्णय गरेका बिषयहरुलाई कांग्रेस केन्द्रिय कार्यसमितीले हु–वहु पारित गर्नसकेको छ नत दुर दराजमा रहेको आम नेपाली जनताको धर्म निरपेक्ष, संघीयता, गणतन्त्र र कम्युनिस्ट सरकारको ज्यादतीको असन्तुस्टीलाई नै सम्बोधन गर्न सकेको देखिन्छ ।
२०७४ सालको प्रदेश र संघ को निर्वाचन पश्चात बनेको कम्युनिस्ट सरकारले गरेका दर्जनौ जघन्य अपराध, अरवौ घोटला, दलाला र माफियातन्त्र को जालोमा देश फसिरहेको अवस्थामा नेपाली कांग्रेसले नत संसदमा नत सडकमा नै कम्युनिस्ट सरकारलाई घुडा टेकाउन बाध्य परिएको एक वटा उदाहरण पनि नेपाली जनता सामु दिन सकिरहेको छैन ।
देशभर कांग्रेस पराजय भईरहदा र सांगठनिक हिसाबले कांग्रेस कमजोर बन्दै गर्दा त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा अझै पनि कांग्रेस प्रस्ट देखिदैन । सोझो हिसाबले पनि एउटा चालकले सडकमा बस हाक्दै गर्दा आफ्नो बस र त्यसभित्रका यात्रुहरुलाई ठिक समय भित्र सकुशल आफ्नो गन्तव्यमा पु¥याउन नसकेमा पक्कै पनि त्यसको जिम्मेवारी वस चालकले नै लिनुपर्छ ।तर बिडम्वना कांग्रेसको नेतृत्वले त्यसको जिम्मा चालकले होइन। यात्रुहरुले लिनुपर्छ भन्दै धमाधम यात्रुहरुलाई दण्ड सजाय र जरीवानाको भागीदार गराउने प्रयास गरिरहेकोछ ।पार्टीको बागडोर सम्हालेर बसेको नेतृत्वले यस्तै प्रकारले अधिनायकबादी र स्वेच्छाचारी ढंगबाट पार्टीलाई अगाडी बढाउने हो भने पार्टीभित्रबाट सच्चा र ईमान्दार कार्यकर्ताहरुले नेतृत्वको विरुदमा वुलन्द आवाज निकालेर सांगठनीक तरिकाबाट अघी बढ्न अति जरुरी भईसकेको छ ।
अहिलेको काँग्रेस नेतृत्वले वि.पि कोईरालाको आदर्श, सिद्यान्त, मूल्य र मान्यतामा रहेर नेपाली कांग्रेसलाई सैधान्तिक, वैचारिक र सांगठीक रुपले मजवुद वनाउने प्रयास गरेको देखिदैन । अझ अचम्म लाग्दो कुरा त स्थानिय, प्रदेश र संघ कोे निर्वाचनमा पराजय भोगेका कैयौ नेताहरु आफ्नै कार्यकार्तहरुलाई दोष थुपारेर उनीहरुलाई अपमान गर्ने,होच्याउने गरेर पार्टीलाई कमजोर बनाई रहेका छन भने जितेर गएका केही जनप्रतिनिधीहरु पनि पार्टीसँग कुनै सरसल्लाह र समन्वय नगरी आफुखुसी अगाडी बढर्दै गएका छन त्यस सम्बन्धमा पार्टीका हरेक तहका नेताहरुले कुनै समन्वयकारी भुमिका खेल्न सकिरहेका छैनन् ।
आज केन्द्र देखी वडा सम्म प्रत्येक कार्यकर्ताहरु कोही शेर बहादुरको लवेदा सुरवाल मिलाइदिन व्यस्त छन कोही रामचन्द्र पौडेलको जुत्ताको तुना वाधिदिन व्यस्त छन भने कोही सिटोेला र कोइरालाहरुलाई सिंगारनमा नै आनन्द मानिरहेका छन् ।
सिंगो नेपाली कांग्रेस पार्टीलाई एकातिर पन्छाएर आ–आफ्नो गुट उपगुटहरु निर्माण गर्नको लागी नेताहरु अर्कै दिशातिर दौडिरहेकाछन । तर ईमान्दार, लगनशिल र पार्टी प्रति बफादारी कार्यक्रर्ताहरु गाउँका कुनाकन्दरामा अलपत्र परेर बसेका छन् । उनीहरुले पार्टीको मुल मर्म र सिद्यान्तलाई आत्मसाथ गर्दैै सवै कार्यकर्ताको मनोभावना बुझेर नेतृत्व लिनसक्ने क्षमताबान नेतृत्वको पर्खाइमा रहेका छन् र वर्तमान नेतृत्व एवं गुटगत राजनितीको विकल्प खोजिरहेका छन् । तर दुर्भाग्य सिंङ्गो पार्टी, देश र आम नेपाली नागरिकको विषयमा चिन्ता गर्ने एउटा नेतापनि कांग्रेसमा नदेखीनु दुःखको कुरा हो ।
अतः कांग्रेसको वर्तमान नेतृत्व गुट उपगुटलाई जारी राख्दै केही झुण्डहरु अघीपछी लगाएर कुनैपनि अमुक नेताको जय जयकार गर्दै उनीहरुलाई साष्टङ्ग प्रणाम गरी नेपाली कांग्रेसको जागरणको नाममा संगठनलाई मजवुद बनाउने प्रयास गर्नु र परिवार नियोजन गरेर घोर्ले छोरा जन्माउछु भन्ने सपना देख्नु उस्तै उस्तै हुनेछ ।
लेखक सुवेदी नेपाली कांग्रेस वालिङ नगरपालिका वडा नं १० को वडा सभापती हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार