बुढेसकालमा किन अनुहार मुजा पर्छ ? कारण यस्ता छन्, थाहा पाउनुस !
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २१:५:३४
एजेन्सी । मानिस किन बूढो हुन्छ भन्ने रहस्य अझै खुल्न सकेको छैन । यसलाई परिभाषित गर्नुपर्दा यो एउटा निरन्तर प्रक्रिया हो जुन मानिस गर्भमा रहेदेखि नै प्रारम्भ हुन्छ र उमेर वृद्धिसँगै शरीरको विभिन्न कार्य प्रणालीमा ह्रास आउन थाल्छ ।
उमेर बढ्दै जाँदा मानिसमा परिपक्वता, दक्षता, मौलिक स्वतन्त्रता एवं भिन्न प्रकारको व्यक्तित्व विकास हुनुका साथै शारीरिक दुर्बलता पनि थपिँदै जान्छ । मानिस किन बूढो हुन्छ भन्ने विषयमा थुप्रै खोज–अनुसन्धान गरिए पनि यसको सम्पूर्ण रहस्य अझै उजागर हुन सकेको छैन ।
मानिसको उमेर बढ्दै जाादा शरीरका विभिन्न अंग प्रणालीमा विभिन्न परिवर्तन देखिनुका साथसाथै शरीरको छालामा विशेष प्रकारले परिवर्तन देखिन्छ । विशेष गरी अनुहारमा धर्साहरू थपिँदै जान्छन् । साधारण अर्थमा चाउरी पर्नु वा मुजा पर्नुलाई बुढेसकालको संकेत मानिन्छ ।
चाउरी के हो ?
उमेर बढ्दै जाँदा शरीरको छालामा विशेष प्रकारको परिवर्तन आई छाला खुम्चिएर धर्सा बन्ने प्रक्रियालाई चाउरी भनिन्छ । विशेष गरी उमेर बढ्दै जाँदा शरीरमा चाउरी ९मुजा० बढ्दै जाने भए पनि अरु विभिन्न कारणले गर्दा कसैकसैको कलिलै उमेरमा पनि चाउरी देखा पर्नसक्छ ।
चाउरी किन पर्छ ?
विभिन्न कारणले गर्दा छालाका तन्तुहरूमा ह्रास आउन थाल्छ फलस्वरूप छालाको बाक्लोपन परिवर्तन भै छाला खुम्चन्छ र धर्साहरू देखा पर्न थाल्छन् । वैज्ञानिकहरूले यस विषयमा थुप्रै अनुसन्धान गरिसकेका छन् । यसका थुप्रै सिद्धान्त पनि प्रतिपादन भएका छन् ।
तीमध्ये वाङ्ग एट अलले प्रतिपादन गरेको मिस रिपियर सिद्धान्तअनुसार जब हाम्रो छालाका विभिन्न तहका तन्तुहरू विभिन्न कारणले च्यातिन्छन् वा बिग्रन्छन् तब त्यो प्राकृतिक नियमअनुसार पुनः नयाँ बन्न थाल्छ । यसरी नयाँ बन्ने क्रममा ती तन्तुको आकार पहिलेको जस्तै दुरुस्त नभई लामो हुनुपर्नेमा छोटो वा छोटो हुनुपर्नेमा लामो वा अरु केही गल्ती भै बिस्तारै छालामा ह्रास आउन थाल्छ । यस्तो गल्ती थपिँदै जाँदा अनुहारमा चाउरी ‘मुजा’ देखा पर्न थाल्छ ।
चाउरीका अन्य कारण
उमेरको कारणले मात्र नभएर प्रदूषित वातावरण, घाम, हेरचाहको कमी एवं अनिद्राका साथै दिनचर्या, खानपान, चिन्ता, धेरै रिसाउने वा धेरै हाँस्ने, निधार धेरै खुम्च्याउने, अनुहार धेरै बिगार्ने वा सुत्ने तरिकाले पनि अनुहारका विभिन्न भागमा चाउरी ‘मुजा’ बढाउँछ ।
चाउरीको उपचार कसरी गर्न सकिन्छ ?
चाउरीबाट जोगिने थुप्रै उपाय प्रचलित भए पनि यसलाई आउनै नदिने उपाय भने आजसम्म पत्ता लागेको छैन । चाउरी कम गर्न वा हटाउन डर्मलफिलर, बोटुलिनम टक्सिनजस्ता विभिन्न कस्मेटिक प्रयोग गर्न सकिन्छ । त्यस्तै लेजर रिर्सफेसिङबाट पनि छालाको चाउरी कम गर्न सकिन्छ । तथापि यी सबै विधि खर्चिला हुन्छन् ।
चाउरी कम गर्ने घरेलु उपाय
– आवश्यक मात्रामा आराम गर्ने ।
– प्रशस्त पानी पिउने ।
– अनिदो नबस्ने ।
– चिन्ता नलिने ।
– अनुहार धेरै नखुम्च्याउने ।
– नियमित सनस्क्रिन प्रयोग गर्ने ।
– अण्डाको सेतो भागमा थोरै कागतीको रस र चिनी मिसाई अनुहारमा लेप लगाएर १० मिनेटपछि पखाल्ने ।
– बेलाबेलामा नरिवलको लगाएर अनुहारको मसाज गर्ने ।
– नियमित रूपमा ध्यान गर्ने ।
– सदैव सकारात्मक सोच राख्ने ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार
मुस्ताङको लोमान्थाङ क्षेत्र
जेठ २१, २०८१ सोमबार
विपद् खोज तथा उद्धार अभ्यास
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार