टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २१:३०:३६
डोल्पा । हिमाली जिल्ला डोल्पामा टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । तीन दिनदेखि अवरुद्ध भएको सिडिएमए तथा जिएसएम र ल्याण्डलाइन टेलिफोन सेवा आजदेखि नियमित रुपमा सञ्चालन भएको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–२ मा पर्ने रसी लेखमा राखिएको टावरको ट्रान्समिसन उपकरण मर्मत गरेसँगै सदरमुकाम दुनै, जुफाल र माझफालमा मोबाइल सेवा सञ्चालन भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका उप–निर्देशक शिवराज खनालले जानकारी दिए ।
ठूलीभेरी नगरपालिकाअन्तर्गत दुनै र माझफालमा राखिएको जिएसएम टेलिफोन सेवा सञ्चालन भए पनि जुफालमा राखिएको मोबाइल टावरबाट जिएसएम मोबाइल सेवा सञ्चालन हुन सकेको छैन ।
जुफालमा राखिएको टावरबाट सञ्चालनमा आइरहेको जिएसएम मोबाइल सेवा सञ्चालन गराउनका लागि काम भइरहेकाले कहिले सञ्चालन हुन्छ भन्न नसकिने क्षेत्रीय उप–निर्देशक खनालले बताए ।
मोबाइल टावरसँगै जुफाल र दुनैमा एडिएसएल इन्टरनेट सेवा पनि सञ्चालन भएको छ । टेलिफोन टावर सञ्चालनमा आएपछि सेवाग्राही खुशी भएका छन् भने टावर नहुँदा प्रभावित भएको सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज गर्नसमेत सञ्चालन भएको छ ।
रसी लेखमा राखिएको रेडियो लिङ्क टावरमा समस्या आएपछि तीन दिनसम्म डोल्पामा मोबाइल सेवा अवरुद्ध भएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार