कुमारी बैंकले बल्ल पुर्यायो ८ अर्बको चुक्ता पुँजी, शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर
इन्द्र रिजाल
बैशाख २६, २०७६ बिहिबार २३:१:३७
काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनीलाई २१.२५ प्रतिशत बोनस शेयर दिने निर्णय गर्दै दुई आर्थिक बर्षको साधारणसभा एकैदिन सम्पन्न गरेको छ ।
आज बैंकको १७ औं तथा १८ औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष सन्तोषकुमार लामाको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७३/०७४ र आ.व २०७४/०७५ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५% बोनस शेयर र आ.व. २०७४/०७५ को लागि ८.५०% बोनस शेयर गरी जम्मा २१.२५ % बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी रु. ८ अर्ब ६८ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप रु.७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम रु. ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा रु.१ अर्ब ४२ करोड तथा रु.१ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटीएम, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवित्तीय समावेशीकरण नीति जारी
जेठ १८, २०८१ शुक्रबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार