अशोक लेलैण्डको दोस्त प्लस नेपाल भित्रियो
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार २३:३३:४५
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले विशेष गरी नेपालको लागि भारवहन १.५ टन क्षमता रहेको दोस्त प्लस २०७६ बैशाख २७ गतेका दिन सितापाईला पार्टी प्यालेसमा एक औपचारीक कार्यक्रम मार्फत सफ्ट लन्च गरेको छ ।
उक्त सफ्ट लन्च कार्यक्रमकाबीच आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लन्च र टेस्ट ड्राइभ समेत गराएको छ । नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, १५” को टायर, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । दोस्त प्लस मोडलको अहिले बजार मूल्य २० लाख ४० हजार रुपैंया रहेको छ ।
दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताए ।
अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुणा राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रा.लि. (LCV Segment) का सेल्स हेड सुशील थापाले जानकारी दिए ।
उनले थप उद्घृत गर्दै भने –“अशोक लेलैण्डमा गरेका लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्नुहोस्” बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता उनले व्यक्त गरे । थप जानकारी चाहनेहरुका लागि आईएमई मोटर्सको केन्द्रिय कार्यालय पानीपोखरीमा तल उल्लेखित नम्बरहरु (०१– ४००२५७२, ४००२५७३, ४००२५९०, ४००२५९१)मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार