सेनाद्वारा निर्मित पक्की मञ्च विद्यालयलाई हस्तान्तरण
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १५:५६:५८
सप्तरी । नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
सो अवसरमा उनले विकट क्षेत्रका बालबालिका शिक्षामा पछाडि परेकाले जनता माविलाई पक्की मञ्च निर्माण गरी हस्तान्तरण गरेको बताए ।
नेपाली सेनाको वार्षिक कार्यक्रम अन्तर्गत भीमदल गणले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४५० लाई खानेपानीको लागि डिप बोरिङ जडान तथा तिलाठी कोइलाडीमा स्वास्थ्य, विपद्सम्बन्धी जनचेतना तथा सांस्कृतिक जस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको भीमदल गणका प्रमुख सेनानी कुँवरले जानकारी दिए।
विसं २०११ मा स्थापना भएको उक्त विद्यालयमा हाल ६५० छात्रछात्रा अध्ययनरत छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
नेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार