मुद्धति निक्षेपको न्यूनतम समय सिमा तीन महिना
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १६:५७:२५
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मुद्धति खाताको न्यूनतम समय सिमा निर्धारण गरेको छ । राष्ट्र बैंकले न्यूनतम तीन महिनाको मुद्धति निक्षेपमको समय सिमा तोकेको हो ।
अब तीन महिनाभन्दा कमको मुद्दति निक्षेप राख्न नपाइने भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तीन महिनामाथि मात्र मुद्दति निक्षेप राख्न पाइने ब्यवस्था गरेको हो।
पछिल्लो समय बैंकहरुले निक्षेप संकलनका लागि एक महिना, दुईमहिनाको लागि पनि मुद्धति खातामा रकम जम्मा गर्दे आएका थिए ।
राष्ट्र बैंकको यो निर्देशन पछि बैंकहरुले मुद्धति बचतमा तीनमहिना न्यूनतम राख्नुपर्ने छ । राष्ट्र बैंकको यो निर्णयले बैंकिङ तरलतालाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
निर्देशनलाई बैंकर्स संघले स्वागतयोग्य भनेको छ ।
केही बैंकले नीतिगत निर्देशन हुनुपर्ने माग समेत गरेका थिए । कम समयका लागि मुद्धति निक्षेप राख्दा तरलतामा अस्थीरता आउनुका साथै बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा बढेको थियो ।
के हो मुद्धति खाता :
मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष वा ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । छिटोछिटो पैसा झिक्न नपर्ने अवस्थामा तोकिएको समयसम्म बैंकमै राख्न सकिनेगरी बैंक खाता संचालन गर्नका लागि यो खाता उपयुक्त हुन्छ ।
यस खातामा राखेको पैसाको ब्याजदर पनि बचत खाताको भन्दा बढी हुन्छ । तर, तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा तोकिएको समयभन्दा अगाडि नै रकम आवश्यक नपर्ने अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ ।
अन्यथा तोकिएको समय अगावै रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितो राखी ब्याज तिर्नेगरी बैंकबाट कर्जा निकाल्न सकिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
विदेशी लगानी भित्र्याउन तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम अघि बढाइने
जेठ १, २०८१ मंगलबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
रुसले युक्रेनमा आक्रमण बढाउँदा ५,७०० लाई सुरक्षित स्थानमा सारियो
जेठ १, २०८१ मंगलबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार