आठ महिनामा धितोपत्र ३३ अर्ब ३६ करोडको थप सेयर सूचीकृत
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १८:४:२५
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा ३३ अर्ब ३६ करोड रुपैयाँबराबरको थप धितोपत्र (सेयर) सूचीकृत भएका छन् ।
राष्ट्र बैंकको मुुलुकको वित्तीय अवस्थासम्बन्धी आठ महिनाको प्रतिवेदन अनुसार यस अवधिमा १५ अर्ब ८५ करोड रुपैयाँ बराबरको साधारण सेयर, सात अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र नौ अर्ब २२ करोड रुपैयाँबराबरको बोनस समेत गरी उक्त परिमाणमा थप धितोपत्र सूचीकृत भएको हो ।
यस अवधिमा सूचीकृत कम्पनीहरुको कुुल बजार पँुजीकरण वार्षिक विन्दुगत आधारमा छ दशमलव दुुई प्रतिशतले घटेर २०७५ फागुन मसान्तमा १४ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ ।
बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २०७४ फागुन मसान्तमा दुुई प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पुँजीकरणको आर्थिक वर्ष ०७४/७५ कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४६ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ५७ दशमलव नौ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७४ फागुन मसान्तमा १२ सय ८६ विन्दुु रहेको नेप्से सूचकांक वार्षिक विन्दुगत आधारमा १० दशमलव एक प्रतिशतले घटेर २०७५ फागुन मसान्तमा ११ सय ५५ दशमलव पाँच विन्दुुमा सीमित भएको छ ।
२०७५ असार मसान्तमा नेप्से सूचकांक १२ सय १२ दशमलव चार विन्दु कायम भएको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ फागुन मसान्तमा दुुई सय पाँच रहेको छ ।
सूचीकृत कम्पनीहरूमध्ये एक सय ५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १८ वटा उत्पादन र प्रशोधन उद्योग, २५ वटा जलविद्युत् कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र चारवटा अन्य समूहका रहेका छन् ।
राष्ट्र बैंकका अनुुसार स्टकमा सूचीकृत सेयरहरूको चुक्ता मूल्य २०७५ फागुन मसान्तमा तीन खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार