बसको ठक्करबाट वृद्धको मृत्यु, लागुऔषधसहित ६ पक्राउ
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १९:८:४६
लहान । सिरहा धनगढीमाई नगरपालिका– २ सोनापुरमा बसको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्युु भएको छ ।
ना ३ ख ६९७८ नं को बसले ठक्कर दिँदा सिरहा बरियारपट्टि गाउँपालिका– ४ सोहपुरका ८० वर्षीय देवीलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेकोे पनि प्रहरीले जनाएको छ ।
लागुऔषधसहित ६ पक्राउ
जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित ६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीचौकी खिरौनाबाट खटिएको टोलीले चेकजाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ ।
उहाँहरुको साथबाट नाइट्रोभेट २१ ट्याप्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
यस्तै इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका– ३ बाट लागुऔषध नाइट्रोभेट २१ ट्याप्लेट, फनारगन, फेन्सीडिलसहित एक जनालाई पक्राउ गरेको छ ।
त्यस्तै भारतीय सीमाक्षेत्रबाट स ९ प ४१०४ नं को मोटरसाइकलमा आउँदै गरेका सिरहाको भगवानपुर–३ परिकटोलका ३१ वर्षीय नागेन्द्र चौधरीलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार