छ अङ्कले बढ्यो शेयर बजार
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार २२:२४:३९
काठमाडाैँ । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६.३० बिन्दुले बढेर एक हजार ३०१.३४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२१ बिन्दुले बढेर २७८.२४ कायम भएको छ ।
कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर रु ७८ करोड ६४ लाख १२ हजार ८०८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । बैंकिङ ०.८२, होटल २०.६४, विकास बैंक ११.९४, जलविद्युत् ३५.४६, उत्पादन ५९.८१, अन्य १४.७३ र सामूहिक लगानी कोष ०.१ अङ्कले बढेको छ । यस्तै व्यापार ५.४९, वित्त ०.४३, निर्जीवन बीमा २५.६५, लघुवित्त १.४६ र जीवन बीमा १३.०६ बिन्दुले घटेको छ ।
कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता रु ४९७ मूल्यमा रु ११ करोड ४६ लाख एक हजार ६४५ बराबरको कारोवार भयो । यस्तै प्राइम बैंकको प्रतिकित्ता रु ३७२ मा रु छ करोड २४ लाख ३० हजार ८७०, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ८१७, सिभिल बैंक रु दुई करोड ९२ लाख ७९ हजार ४९७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि रु ४५ ले वृद्धि भई प्रतिकित्ता रु ४९७ मा पुगेको छ । सो कम्पनीको शेयरधनीले ९.९६ प्रतिशत कमाए । यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९.५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७.७९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७.३२, भागर्व विकास बैंकका शेयरधनीले ६.९८ प्रतिशतले कमाए ।
त्यस्तै हिमालयन डिस्टिलरीका शेयरधनीले ६.०७ प्रतिशतले गुमाए । युनाइटेड मोदी हाइड्रोपावर ५.६९, जोशी हाइड्रोपावर ४.७६, विशाल बजार कम्पनी ३.८८, सगरमाथा इन्स्योरेन्स ३.६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३.१२ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार