नेपाली सेनाद्वारा सगरमाथा आधार शिविर क्षेत्रमा सरसफाइ तीव्र
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १२:४३:४१
काठमाडौं । नेपाली सेनाको समन्वयमा विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ ।
शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार शिविर र त्यसमाथिका क्षेत्रमा फोहर थुप्रिन जाँदा हिमाली क्षेत्रको सौन्दर्य बिग्रन सक्ने सम्भावना देखिएपछि फोहर सङ्कलनलाई तीव्र तुल्याइएको हो ।
हिमालमा बढिरहेको फोहर हटाउन अहिले सफा हिमाल अभियान नै सञ्चालन गरिएको छ । उक्त अभियानले सबैभन्दा पहिले सगरमाथाबाट कामको शुरुआत गरेको हो । हालसम्म सगरमाथा क्षेत्रबाट काठमाडाँै दुई हजार किलो ल्याइसकिएको छ भने दुई हजार किलो ओखलढुङगामा ल्याई पु¥याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
वन तथा वातावरण, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेश सरकार, नेपाल पर्वतारोहण सङ्घ र खुम्बु पासाङ ल्हामु गाउँपालिका र नेपाली सेनाको समन्वयमा उक्त सफाइ कार्य गरिँदै आएको छ ।
ती निकायबीचको सहकार्यमा सफा हिमाल अभियानले हिमालय क्षेत्रमा पर्यावरण संरक्षणसम्बन्धी जनचेतना जागृत तुल्याउन काठमाडौँ र सोलुखुम्बुको नाम्चेमा विशेष कार्यक्रम गर्ने भएको छ । विश्व वातावरण दिवस पारेर उक्त कार्यक्रम गरिने बताइएको छ ।
उक्त अभियानलाई सफल तुल्याउन समाजका विभिन्न क्षेत्रमा रहेका विशिष्ट व्यक्ति रहेका बेग्लाबेग्लै समिति गठन गरी काम अघि बढाइएको छ । फोहर सङ्कलनका लागि त्यस क्षेत्रका शेर्पा र आरोहीको पनि सहयोग लिइएको बताइएको छ । अहिले सगरमाथाको चौथो आधार शिविरसम्म पुगेर फोहर सङ्कलनको काम भइरहेको नेपाली सेनाले जनाएको छ ।
सङ्कलित फोहरमध्ये सड्ने र नसड्ने फोहर यकिन गरी सिलेण्डरसहितका नसड्ने फोहर काठमाडौँ ल्याइने बताइएको छ । सङ्कलित फोहर कालापत्थर, स्याङबोचे, ओखलढुङगा हुँदै यहाँ ल्याइनेछ । आगामी जेठ २० गतेसम्ममा अभियानले सगरमाथा क्षेत्रमा पहिलो चरणको सफाइको काम पूरा गर्नेछ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनको नेतृत्व लिएसँगै भएको कमाण्ड मार्ग निर्देशनमा पर्यावरण संरक्षणमा नेपाली सेनाले विशेषरुपले काम गर्ने तथा सफा हिमाल अभियान सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार