नौ महिनामा ६ हजार दुर्घटना १९२ को मृत्यु, २३३ सख्त घाइते
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १५:३३:५
काठमाडौं । काठमाडौं उपत्यकामा नौ महिनामा ६ हजार दुई सय ८२ सडक दुर्घटना भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैतसम्मका दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ ।
२३३ जना सख्त घाइते भएको भएका छन् भने चार हजार २९७ जना सामान्य घाइते भएका छन् । चार हजार ८८ मोटरसाइकलरस्कुटी दुर्घटनामा परेका छन् । तीन हजार ९१३ कार, जिप र भ्यान दुर्घटनामा परेका छन् भने एक हजार ४३५ बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
एक हजार ३०१ ट्रकरटिपर र ९४ वटा टेम्पोरट्र्याक्टर दुर्घटनामा परेको महाशाखाका प्रवक्ता एसपी रवीन्द्र केसीले जानकारी दिए । गत आर्थिक वर्षमा ६ हजार ३८१ दुर्घटना भएका थिए भने १९४ ले ज्यान गुमाएका थिए ।
मोटरसाइकल दुर्घटनामा मृत्यु हुने धेरै
प्रहरीको तथ्यांकअनुसार मोटरसाइकल दुर्घटनामा ९० जनाको मृत्यु भएको छ । ७० जना पैदलयात्रीको पनि सडक दुर्घटनामा मृत्यु भएको छ ।
कार दुर्घटनामा ११, ट्रक दुर्घटनामा नौ, बस दुर्घटनामा सात, साइकलयात्री चार र माइक्रो दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडक सुरक्षा नीति नबन्दा समस्या
काठमाडौं महागनरपालिका सहरी योजना आयोगले पाँचौँ विश्व सडक सुरक्षा दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागीले सडक सुरक्षा नीतिको अभाव रहेको औँल्याएका छन् ।
सडकको दुरावस्था, साधनको अवस्था र प्रयोगकर्ताको लापरबाहीका कारण दुर्घटना बढेको सरोकारवालाको भनाइ छ । कार्यक्रममा कार्यपत्र पेस गर्दै एसपी केसीले सडक दुर्घटना कम गराउन आवश्यक नीति बनाउनुपर्ने बताए ।
सडक विभागका इन्जिनियर सरोजकुमार प्रधानले सडक सुरक्षा कानुनको अभाव, फितलो ट्राफिक व्यवस्थापन र सडकको दुरावस्थाका कारण दुर्घटना कम हुन नसकेको बताए ।
दुई हजार किमि सडक १० लाख सवारी
काठमाडौं उपत्यकामा दुई हजार १४ किलोमिटर सडक छ । तर, सवारी संख्या भने करिब १० लाख रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरी तथ्यांकअनुसार उपत्यकामा ६१ किमि राष्ट्रिय राजमार्ग, ४८८ किमि सहायक राजमार्ग, १५८ किमि विस्तार भइरहेको सडक र १३०४ किमि भित्री सडक छ ।
आर्थिक वर्ष ०७४र०७५ मा देशभर ३२ लाख ५० हजार सवारी दर्ता भएका थिए । तीमध्ये बागमतीमा मात्रै ११ लाख ८४ हजार सवारी दर्ता भएका थिए । बागमतीमा दर्ता भएका सवारीमध्ये ९० प्रतिशत उपत्यकामा सञ्चालन हुने ट्राफिक प्रहरीको दाबी छ । नयाँ पत्रिका
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार