कुन कमिटीमा कति भागबन्डा : नेकपाको एकता
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १३:८:५१
काठमाडौं । सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनसम्मको एकता टुंग्गिदा तत्कालीन एमाले–माओवादी बीचको भागवन्डाको अन्तर झाँगिन थालेको छ। पार्टीको केन्द्रीय तहमा सचिवालयबाट क्रमशः भागवन्डाको अन्तर खुम्चिँदो देखिए पनि जिल्ला तह र जनवर्गीय संगठनसम्मको एकतामा आइपुग्दा फेरि अन्तर बढ्न थालेको छ।
जनवर्गीय संगठनको नेतृत्व भागवन्डासम्म आईपुग्दा तत्कालीन माओवादीको तुलनामा एमाले झण्डै तेब्वरको संख्यामा जिम्मेवारी लिने तहमा पुगेको छ। नेकपाका २२ जनवर्गीय संगठन मध्ये तत्कालिन एमालेले १६ र माओवादीले ६ ओटा जनवर्गीय संगठनको मात्र नेतृत्व पाएको छ। ७२ दशमलब ७२ प्रतिशत जवसरमोर्चाको नेतृत्व तत्कालीन एमालेले पाउँदा २७ दशमलब २७ प्रतिशत मात्र माओवादीको भागमा नेतृत्व परेको छ।
पार्टीको केन्द्रीय तह, प्रदेश र जिल्ला तहको तुलनामा नेतृत्व भागवन्डामा परेको यो ठूलै अन्तर हो। त्यसो त जनवर्गीय संगठनको नाम राख्ने सवालमा २२ जनवर्गीय संगठनमध्ये पनि तत्कालीन एमाले तर्फकै ७ वटा जनवर्गीय संगठनको नाम जस्ताको तस्तै एकीकृत संगठनको नाम राखिएको छ। तर माओवादी तर्फका कुनै पनि जवसरमोर्चाको नामलाई एकतामा लिइएको छैन।
गत वर्षको ३ जेठमा पार्टी एकता गर्दा केन्द्रीय तहमा झण्डै ५५ प्रतिशत एमाले र ४५ प्रतिशत माओवादीका बीचमा भागवन्डा गर्ने गरी एकता प्रक्रिया अगाडी बढाएको थियो।
नेकपाको ९ सदस्यीय सचिवालय गठन गर्दा पूर्व एमालेका तर्फबाट ६६.६६ र माओवादी तर्फबाट ३३.३३ प्रतिशत भागवन्डा भएको थियो। स्थायी समितिमा ५७.६६ र ४२.२२ प्रतिशत भागवन्डा भएको थियो केन्द्रीय निकायअन्तर्गतकै पोलिटब्युरो गठन भइनसके पनि त्यसको भागवन्डा नेताले गरिसकेका छन्।
तत्कालीन एमालेले ५५.१० र माओवादीले ४४८९ प्रतिशत लिने गरी भागवन्डा भइसकेको छ। पोलिटब्युरोमा नेताले नाम मात्र टुंग्याउन बाँकी राखेका छन्। त्यसको गृहकार्य पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अन्तिम चरणमा पुर्याईसकेका छन्।अन्नपूर्ण पोस्टमा खबर छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार