कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी !
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १३:२७:५२
काठमाडौं । पार्टी अनुशासनविपरीत काम गरेको भन्दै कांग्रेस अनुशासन समितिमा एक हजार दुई सय उजुरी परेका छन्।
निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग नगरेको, विपक्षी दलको उम्मेदवारलाई जिताउन भूमिका खेलेको, टिकटमा मनोमानी भएकोजस्ता विषयमा बढी गुनासो परेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।
स्याङ्जामा गोपालमान श्रेष्ठकै कारण निर्वाचन हारिएको भन्दै पुराना नेता भोजराज अर्यालले उजुरी दर्ता गराएका छन्। प्रभावशाली नेता श्रेष्ठले उम्मेदवार मिलाउन नसक्दा आफू पनि हारेको र पार्टीलाई पनि हराएको आरोप उनीमाथि लागाइएको छ।
नवलपरासीबाट देवेन्द्रराज कँडेलविरुद्ध पूर्वसांसद विक्रम खनालले उजुरी दिएका छन्। पूर्वस्थानीय विकास राज्यमन्त्री दुर्योधनसिंह चौधरीविरुद्ध पनि रुपन्देहीमा अन्तर्घात गरेको भन्दै उजुरी परेको छ। रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकविरुद्ध पनि उजुरी परेको छ।
डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल, नुवाकोट जिल्ला सभापति एवं सांसद जगदीश्वरनरसिंह केसी, दैलेख जिल्ला सभापति कृष्ण बिसी, जुम्लाका सांसद ललितजंग शाही, जुम्लाका सभापति जितबहादुर शाही र रुकुमकी सांसद मिठु मल्लविरुद्ध पनि उजुरी परेको छ।
जापान र बेल्जियमको जनसम्पर्क समितिमा हस्तक्षेप गरी अधिवेशन गर्न नदिएको भन्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध उजुरी परेको स्रोतले बताएको छ ।
अनुशासन समितिले तीनै तहको निर्वाचनमा देशभरका बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको विवरण मागेको थियो। तर, केही जिल्लाबाहेक अन्यले अझै बागीको विवरण पठाएका छैनन्। ‘केही जिल्लाबाट आएका छन्, तर केही जिल्लाबाट नियतवश आएनन्, यसले पनि छानबिनमा ढिलाइ भएको छ,’ कँडेलले भने।
सम्बन्धित जिल्लाको नेतृत्वले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकको सूची पठाएपछि विधानअनुसार उनीहरू स्वतः पार्टी सदस्यबाट बर्खास्त भइसकेका छन्। उनीहरूमाथि संस्थागत रूपमा पनि कारबाहीको प्रक्रिया अघि बढ्ने अर्का अनुशासन समितिका अर्का सदस्य किशोरसिंह राठौर बताउँछन्।
‘जिल्लाबाट विवरण आएपछि पहिलो चरणमा उनीहरूलाई कारबाहीको चिठी थमाउँछौँ,’ राठौरले भने, ‘विधानतः उम्मेदवार, प्रस्ताव र समर्थकलाई स्वतः कारबाही हुने भए पनि उनीहरूलाई कारबाहीको चिठी परोस् भन्ने हाम्रो चाहना छ। हामी व्यवस्थित रूपमा छानबिन गरिरहेका छौँ भन्ने देखाउन पनि यो जरुरी छ।’
प्रारम्भिक अध्ययनका क्रममा पार्टीलाई अनुशासित बनाउन बढी दबाब आएको सदस्य राठौर बताउँछन्। ‘०५० मा किसुनजीलाई निर्वाचनमा हराउन पार्टीभित्रैबाट भएको अन्तर्घातकै शैली निरन्तर बढेर गएकोमा धेरैमा चिन्ता देखिन्छ,’ राठौरले भने, ‘निर्वाचनमा पार्टीलाई असहयोग गर्नेलाई कारबाही नभए, पार्टीलाई अनुशासित नबनाए पार्टी चल्दैन भन्ने धेरै छन्।’ बलिदानको भावना नभएको र एकले अर्कोलाई नटेर्ने शैलीले नराम्रो प्रभाव पारेको विषय पनि आएको उनले बताए। उजुरी हेरिसकेपछि कुनै समूहविशेष नभनी प्रमाणका आधारमा जोसुकैमाथि कारबाही हुने उनी बताउँछन्। नयाँ पत्रिका दैनिकमा खबर छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार