रक्सी, चुरोट र सुर्ती नखाने स्याङ्जाका कर्मचारी
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १७:४१:४६
स्याङ्जा । जिल्लाका सरकारी कार्यालयका कर्मचारीले रक्सि, चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उनीहरूलाई सेवन गर्नेछैन भन्ने ५ प्रतिबद्धताको शपथ खुवाएका छन्।
शपथमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पुतलीबजार नगरपालिका, स्थानीय तहका स्वास्थ्य प्रमुख, अस्पतालका प्रमुख तथा चिकित्सक, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
धूमपान र मध्यपान नगर्न सहभागीलाई शपथ खुवाउँदै प्रजिअ निरौलाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको ‘‘मेरो वर्षु पुस्तिकामा, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्नँ” भन्ने शपथ रहेको जानकारी गराए ।
म नियमित व्यायाम गर्छु, स्वस्थ र पोसिलो खाना खान्छु, नियमित स्वास्थ्य परीक्षण गराउँछु र मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने शपथमा छ ।
निरौलाले सबै वाक्य पढेर सहभागीलाई शपथ खुवाएका थिए ।
‘‘हामीले आजदेखि रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाने प्रतिबद्धता जनाएका छौं”, उनले भने, ‘यो एक प्रकारको कसम हो । कार्यालयमा मात्र होइन, घरमा पनि लागू गर्नुस्’ ।
आफू स्वस्थ रहन प्रतिबद्धता र आफ्नो प्रतिबद्धतामा कार्यान्वयनको खाँचो रहेको उनको भनाइ छ ।
रक्तचाप दिवसका अवसर पारी आयोजित कार्यक्रममा नसर्ने रोगका बारेमा जानकारी गराइएको थियो ।
धूमपानका र मध्यपानका कारण कस्ताकस्ता रोग लाग्छन् भन्ने विषयमा स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी गराए । शर्माले रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ नखाएमा जीवनशैली सुधार भई मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास रोगजस्ता नसर्ने रोगको जोखिम कम हुने बताए ।
जिल्ला प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले आफूले धूमपान र मध्यपान केही नगर्ने बताउँदै प्रहरी कर्मचारीलाई पनि यसतर्फ प्रतिबद्धता गराउने बताए ।
स्वास्थ्य प्रमुख शर्माले मेरो वर्ष म स्वास्थ्य, मेरो देश स्वस्थ्य अभियान ०७५÷७६ लाई कार्यान्वन गर्नको लागी जिल्लाभर अभियान थालिने बताए ।
जिल्लामा मुटुरोगी र क्यान्सरका रोगी बढी रहेको उनले जनाए ।
उनका अनुसार यस्ता रोगीको संख्या बढ्दो छ । नेपालको कुल जनसंख्याको ३ प्रतिशत शारीरिक रूपमा पूर्ण निक्रिय रहेको र शारीरिक व्यायाम नगर्ने र सहरी क्षेत्रमा बसोबास गर्नेहरू यसतर्फ निष्क्रय रहेको तथ्यांक सार्वजनिक गरे । चुरोट सेवनका कारण १० प्रतिशत मानिसको मृत्यु भइरहेको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
जेठ १, २०८१ मंगलबार
सन्दीपको मुद्दा भट्ट र उप्रेतीको इजलासमा, सुनुवाइ जारी
जेठ १, २०८१ मंगलबार
विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर
जेठ १, २०८१ मंगलबार