अब फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार १९:२९:३३
एजेन्सी। आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ ।
उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् ।
फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य फेसबुक प्रयोगकर्ताले के हेर्न चाहन्छन् र कसको माध्यमबाट हेर्न चाहन्छन् रु भन्ने कुरा थाहा पाउनु थियो ।
फेसबुकले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले गरेको सर्भेको आधारमा दुईवटा अपडेटको घोषणा गरिरहेका छौँ । त्यसमध्ये एउटा चाहिँ फेसबुक प्रयोगकर्ताले आफूले धेरै हेर्न र सुन्न चाहने कुनैपनि साथीलाई प्राथमिकता दिनेछ ।
दोश्रो चाहिँ यस्ता लिंकहरुलाई प्राथमिकता दिइनेछ जसलाई कुनै व्यक्तिले सबैभन्दा धेरै सार्थक ठान्दछ ।’
उदाहरणका लागि यदि कुनैलाई एउटै फोटोमा बारम्बार ट्याग गरिन्छ वा फेरि प्रयोगकर्ताको एउटै पोष्टमा लगातार लाइक तथा कमेन्ट आउँछन् तथा कुनै व्यक्ति एकै ठाउँमा बारम्बार चेकइन गर्दछ भने फेसबुकले त्यो प्रवृत्तिलाई ख्याल गर्दछ ।
यी सबै तथ्यलाई आफ्नो एल्गोरिदममा प्रयोग गरी फेसबुकले कुनै पनि प्रयोगकर्ताको न्यूजफिडमा प्राथमिकीकरण गर्दछ ।
फेसबुकका प्रडक्ट म्यानेजर रम्य सेथुरमनका अनुसार ती प्रत्यक्ष पृष्ठपोषणहरुले प्रयोगकर्ताले आफ्ना कुन साथीहरुबाट धेरै सम्पर्कमा रहन चाहन्छ भन्ने कुराको अनुमान गर्न सहयोग गर्दछ ।
तर यसो भन्नुको मतलब न्यूजफिडमा केवल आफ्ना प्रिय मान्छेका पोष्टहरु मात्र देख्ने भन्ने होइन । प्रयोगकर्ताले सामान्य रुपमै न्यूजफिडमा अन्य सामाग्रीहरु पनि देख्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार