ओलीको अहंकार मुलुकका लागि घातक :प्रदीप पौडेल
इन्द्र रिजाल
जेठ ५, २०७६ आइतबार २०:१९:३७
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीको अहंकार मुलुकका लागि घातक भएको टिप्पणी गरेका छन् ।
राजधानीमा जनजागरण अभियानलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीमा देखिएको अहंकारी चरित्र मुलुकका लागि घातक भएको बताए ।
विपक्षीप्रति अति असहिष्णु बन्दै अहंकारको बोली बोल्ने ओलीलले प्रधानमन्त्री पदको गरिमा कायम गर्न नसकेको पौडेलले बताए ।
ओलीको ठाडो आदेशमा चालिएका पछिल्ला कदमले मुलुकमा निरंकुशतन्त्र हावी हुने छनक दिएको टिप्पणी पौडेलले गरे ।
“प्रेस माथिको नियन्त्रण, सुरक्षा परिषद्को निर्णय विना सेना परिचालनको अधिकार, महत्वपूर्ण सरकारी कार्यालयहरुलाई आफ्नै अधिनमा राख्ने जस्ता प्रधानमन्त्रीका कदमले निरंकुशताको सकेंत दिएको छ” पौडेलले बताए ।
इतिहासकै सबैभन्दा शक्तिशाली भनिएको ओली सरकारको कार्यशैलीबाट आमजनता समेत वाक्क दिक्क भएको उनले बताए ।
“भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथिति, बेरोजागरीले सीमा नाघ्दा समेत सरकार समृद्ध नेपाल, सुखी नेपालीको नारा घन्काउनमै व्यस्त हुनु उदेकलाग्दो छ” पौडेलले भने ।
बिचौलिया तथा दलालहरुको चंगुलमा फसेको सरकारले आम जनतालाई कुनै हालतमा राहत दिन नसक्ने ठोकुवा उनको थियो ।
बेग्लै प्रसंगमा उनले पार्टी नेतृत्व प्रभावकारी नभएका कारण जनजागरण अभियानमा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता नरहेको टिप्पणी गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
टिकटकमाथि प्रतिबन्धः भ्रम र यथार्थ
कात्तिक ३०, २०८० बिहिबार
संयुक्त राष्ट्रसंघमा नेपाल
कात्तिक १२, २०८० आइतबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार