केन्द्रिय नेतृत्वलाई कार्यकर्ताको सुझाव ‘गुटको होइन कांग्रेसको नेता भएर आऊ’
इन्द्र रिजाल
जेठ ६, २०७६ सोमबार १४:१६:२७
काठमाडौं । नेपाली कांग्रेसले सुरु गरेको एक महिने ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ ७७ वटै जिल्लामा जारी रहँदा कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई गुटको होइन कांग्रेसको नेता भएर आउन सुझाव दिएका छन् ।
केन्द्रमा देखिएको गुटगत प्रवृत्ति अब जिल्ला हुँदै गाउँ–गाउँसम्म औपचारिक वा अनौपचारिकरूपमा पुगेको छ । केन्द्रमा रहेको मतभिन्नता विस्तारै तल्लो तहसम्म पुगेको जानकारी अनुगमन रहेका कानुन व्यवसायीहरूबाट प्राप्त भएको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियानलाई बढी मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन डेमोक्र्याटिक लयर्स एसोसिएसन ‘डिएलए’ लाई पत्राचार गरी स्थलगत निरीक्षण तथा अनुगमन गर्न आग्रह गरेको थियो ।
जिल्ला जिल्लाबाट प्राप्त विवरण अनुसार, वडा तहबाटै केन्द्रीय सदस्य निर्वाचित भएर आउनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्व गराउँदा एकै व्यक्तिले पटक–पटक अवसर पाउनु हुन्न भन्ने मत राख्ने क्रम जारी रहेको छ । तर हालको विधानमा यस्तो व्यवस्था छैन ।
गुटउपगुटको प्रभाव कायमै
डिएलएका जिल्ला अध्यक्षहरूसँग गरिएको कुराकानीका आधारमा अधिकांश जिल्लामा केन्द्रमा रहेको गुटउपगुटको प्रभाव तल्लो तहसम्म पुगेको देखिन्छ । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष गरी तीनवटा गुटमा कांग्रेस रुमलिएको देखिन्छ ।
डिएलए दैलेखका अध्यक्ष दमनराज बमले जिल्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको वरिपरि घुमेर निर्वाचनमा टिकट लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने माग गरेको जानकारी दिए ।
अध्यक्ष बमले भन्नुभयो, ‘‘कार्यकर्ताले केन्द्रीय गुटको प्रभावमा कार्यकर्तालाई नपार्न र नेताहरू गुटको नेता होइन कांग्रेसको नेता भएर आउन आग्रह गरेका छन्, दैलेखमा सत्तारुढ दलले डोजर आतङ्क मच्चाएको, उपभोक्ता समिति एकलौटी र अपारदर्शी हिसाबले गठन गरेको गुनासो पनि गरेका छन् ।’’
उता, मोरङका डिएलए अध्यक्ष रूपेश कोइरालाले पार्टीको गुटउपगुटको कुरा धेरै उठेकाृ जानकारी दिँदै केन्द्रीय तहका नेताहरू एक अर्कालाई आक्षेप नलागोस् भन्ने पक्षमा सतर्क रहेको बताए । अध्यक्ष कोइराला भन्छन्, ‘‘पार्टीमा ठूलो मतान्तर देखिएको छ, असहयोगी भावना पनि देखिन्छ, तर विवाद सडकमै छताछुल्ला भएर चाहिँ आएको छैन ।’’
डिएलए झापाका अध्यक्ष यज्ञलक्ष्मी चौलागाईंले झापामा विवादको ठूलो समस्या नरहेको बताए। केन्द्रमै नेताहरू एक भएर आउनुपर्ने सुझाव पनि कार्यकर्ताले दिएका छन् । डोटीका डिएलए जिल्ला अध्यक्ष गोविन्द जोशीले जागरण अभियान वैशाख २५ बाट जिल्लामा जारी रहेको जानकारी दिँदै सीमित वक्ताले मात्रै बोल्न पाउँदा केन्द्रीय नीतिप्रति गुनासो भए पनि घोचपेच नसुनिए जानकारी दिए ।
जिल्लामा तीन गुट स्पष्ट देखिएको जानकारी दिँदै उनले पार्टीभित्रको गुटउपगुटको अन्त्य हुनुपर्ने र नेतृत्वलाई मिलेर आउन कार्यकर्ताले दबाब दिएको बताए ।
अछामका अध्यक्ष गणेशप्रसाद ढुंगानाको भनाइ छ, ‘‘जिल्ला र क्षेत्रीय भेला भइसकेको छ र अहिले गाउँ÷नगर तह जागरण अभियान जारी छ, गुटउपगुटको समस्या छँदैछ, तीन पक्ष कार्यक्रममा सहभागी छन्, मञ्चभन्दा बाहिर गएर एकले अर्कालाई दोष दिने गरेका छन् ।’’
सिराहाका अध्यक्ष दीपनारायण साहले जिल्लामा खासै विवाद नभएको, नीतिगत बहस कम र आन्तरिक जुँगाको लडाई बढी रहेको र जिल्लामा समन्वयको एकदमै अभाव खट्किएको अनुभव सुनाए।
नेतृत्वप्रति आक्रोश
कतिपय जिल्लामा त नेताहरुको वरिपरि घुमेर टिकट लिनेहरू चुनाव हारेपछि अहिलेसम्म जिल्लामा फर्केर नआएको भन्दै कार्यकर्ताले नेतृत्वप्रति आक्रोश पोखेका छन् ।
मोरङका डिएलए अध्यक्ष रूपेश कोइराला भन्छन्,, ‘‘हाल केन्द्रीय सदस्य भएकामध्ये झण्डै ३० प्रतिशत नेताले महाधिवेशनमा वडा तहबाटै निर्वाचन हार्ने छन्, कांग्रेसलाई सबल र जीवन्त पार्टी बनाउने चिन्ता जति कार्यकर्तामा छ, त्यति नेतामा भएको देखिँदैन ।’’
अनुगमन प्रभावकारी देखिएन
केन्द्रीय अनुशासन समितिले ७७ वटा जिल्लाका डिएलए अध्यक्षलाई अनुगमनका लागि आग्रह गरे पनि अझै कतिपय जिल्लाका अध्यक्षले त्यसको सुइँकोसम्म पनि पाएका छैनन् ।
सिराहा अध्यक्ष दीपनारायण साहले पत्र नै नपाएको बताउँदै भने– चार पटक केन्द्रीय अनुशासन समितिमा फोन गरेँ तर कसैले फोन उठाएन, कसरी अनुगमन गर्ने ?’’ काठमाडौंका अध्यक्ष प्रकाश रावलले फोन आए पनि अनुगमन नभएको बताए।
बाराका डिएलए अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता प्रह्लाद गौतम भन्नछन्, ‘‘फोन त आएको थियो तर के विषयमा कसरी अनुगमन गर्ने स्पष्ट जानकारी नै आएन ।’’ गोरखापत्रबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार