विभिन्न अपराधमा संलग्न १६८ जना पक्राउ
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १९:४०:५३
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधमा संलग्न १६८ जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक कृष्णपल्ली मगरका अनुसार चालू आर्थिक वर्षको अहिलेसम्ममा विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो ।
विभिन्न आपराधिक क्रियाकलापमा मुद्दा दर्ता भएका र अपराधमा संलग्नता भएका व्यक्तिलाई कानूनको दायरामा ल्याई पक्राउ गरी कारवाही गरिएको हो ।
सार्वजनिक कसुरमा १८, कुटपिटमा १८, सवारी ज्यान कसुरमा १२, ललाईफकाई तथा करकाप जालसाजीमा ११, जुवातास कसुरमा नौ, चोरीडकैतीमा १२, लागुऔषध कसुरमा आठ, गालीबेइज्जती तथा झैझगडा कसुरमा आठ, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान कसुरमा आठ, नागरिकता कसुरमा ६, मानव बेचबिखन तथा ओसारपसार कसुरमा ६, जबर्जस्ती करणी कसुरमा ६, सम्बन्धविच्छेद कसुरमा ६, सामाजिक अपराध कसुरमा चार र भवितव्य ज्यान कसुरमा चार जना पक्राउ परेका छन् ।
प्रहरी उपरीक्षक मगरले अपराधमा संलग्न जोसुकै भए पनि पक्राउ गरी कारवाही गरिने बताए । गत वर्ष विभिन्न घटनामा संलग्न १५६ जनालाई पक्राउ गरी कारागार चलान गरिएको थियो । उनीहरुबाट रु पाँच लाख १५ हजार जरिवाना असुल गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार