बसिन्डाँडादेखि सार्वजनिक माविसम्मको सडक कालोपत्रे, स्थानियहरू स्व. कमल पंङ्गेनी सम्झदै
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार २२:७:१५
स्याङजा । जिल्लाको गल्याङ नगरपालिका वडा नं १ मालुङ्गा बसिन्डाँडा देखि सोही वडाको सार्वजनिक मा वि सम्मको सडक कालोपत्रे सुरु भएको छ ।
लामो समयसम्म कालो पत्रे हुन नसकेको मालुङ्गा बास्टारी बारिचौर सडक अन्तर्गतकोे १४०० मिटर सडक तिन करोडको लागतमा सम्पन्न हुन लागेको हो । गत आ.व. २०७४/०७५ को असारमा शहरी विकास डिभिजन कार्यालयमार्फत टेन्डर प्रकृयाबाट गजेन्द्र निर्माण सेवालाई कालोपत्रेको जिम्मा प्रदान गरेपछि यो सडकको कालोपत्रे सम्पन्न हुने भएको छ ।
सामाजिक सञ्जालबाट
सडक कालोपत्रे हुने भएपछि खुशी छाएको स्थानियहरु बताउछन् साथै आफुहरुले नेपाली कांग्रेसका नेता स्वर्गिय कमल पंङ्गेनीलाई सम्झदै धन्यवाद समेत ब्यक्त गरेको बताउछन स्थानिय युवा ऋषि बस्याल । उनी भन्छन्, ‘ तत्कालिन नेपाली कांग्रेस स्याङ्जाका सभापति स्व. कमल पङ्गेनी दाईले मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको उद्धाटनमा भन्नुभएको ‘‘मैले यो बाटो पिच नहुन्जेल मन्त्रीको दैलोमा सुत्छु तर पिच चाहिँ गराउछु” ढुक्क हुनुहोस् ,म गराउछु। अनि मालुङ्गा बास्टारी सडक अन्तर्गत बसिन्डाँडादेखि प्रा.स्वा.के. सम्मको पिच को लागि रकम पनि छुट्ट्याइयो र त आजको दिनमा उहाँ कै बदाैलत यो सडक कालो पत्रे हुदैछ” ।
नेपाली कांग्रेसले धेरै काम गरेको र त्यो मध्यको एक यो सडक पिच गर्नु रहेको उनी बताउछन् । हाम्रा जनप्रतिनिधि सबैले कमल पंगेनीले झै आप्नो जिम्मेवारी पुरा गर्ने हो भने नेपाल चाडैनै विकास हुने बताएका छन् ।
सडक बनेपछि गल्याङ्ग नगरपालिका, कालिगण्डकी गाँउपालिका, पाल्पाको बगनासकाली गाउपालिका लगाएतका स्थानियहरुलाई समेत सहज हुने बुझिएको छ । हाल सडकको करिब ८५ प्रतिशत काम सकिसकेको गजेन्द्र निर्माण सेवा प्रा.लि.का ईन्जिनियर अरुण सेढाइले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै
जेठ १, २०८१ मंगलबार
विदेशी लगानी भित्र्याउन तीन वर्षदेखि रोकिएको कन्ट्री रेटिङको काम अघि बढाइने
जेठ १, २०८१ मंगलबार
बन्दुक तथा धारिलो हतियार देखाई चोरी गर्ने दुई जना पक्राउ
जेठ १, २०८१ मंगलबार
वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार