पाँचथर हत्या प्रकरण : सामूहिक हत्याका थप प्रमाण फेला !
इन्द्र रिजाल
जेठ ९, २०७६ शुक्रबार ५:१७:५१
फिदिम । प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ ।
उक्त घटनाका मुख्य अभियुक्त ठह¥याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करीब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशङ्का गर्दै आएका थिए ।
यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई रु पाँच हजार सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।
श्रीमती मनकुमारीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताए ।
मानबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेको मनकुमारीका माइती पक्षको भनाइ छ ।
यस्तै प्रहरीले हत्या गरिएकाको शवको अवस्था, धारिलो हतियार प्रहारको प्रकारलगायत सुक्ष्म विश्लेषण गरेको छ । “सबैलाई एकै प्रकारले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ”, प्रहरी निरीक्षक पौडेलले भने, “उनी एक्लैले सबैलाई धारिलो हतियार प्रहार गरेको देखिन्छ ।” हालसम्मको अनुसन्धानमा उक्त घटना गराउन माखिमबाहेक अन्यको संलग्नता देखिने कुनै पनि प्रमाण फेला नपरेको प्रहरी निरीक्षक पौडेलले बताए। “सबै अनुसन्धान सम्पन्न भएपछि कुनै प्रमाण फेलाप¥यो भने त्यो अलग कुरा हो तर हालसम्म उनी एक्लैले घटना गराएको देखिन्छ”, पौडेलले भने ।
प्रहरीले हत्याका मुख्य अभियुक्त ठानिएका माखिम तथा हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको परिवार, आफन्त, छरछिमेकीलगायतसँग सोधपुछ जारी राखेको छ ।यस्तै यी सबैको फोनको विवरण सङ्कलन तथा विश्लेषणको कार्यसमेत जारी राखेको जनाएको छ ।
सामूहिक हत्याको घटनास्थल, माखिमले आत्महत्या गरेको स्थान, उनले केही सामग्री छोडेको स्थान, माखिमको घरलगायतका क्षेत्रमा केन्द्रीय अनुसन्धान ब्युरोको कमाण्डमा अनुसन्धान जारी रहेको पौडेलले जानकारी दिए ।
सोमबार राति मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र उनका माइला ज्वाँइ धनराज शेर्माको परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । मङ्गलबार बिहान बमबहादुरका कान्छा ज्वाँइ मानबहादुर माखिम उनको घर नजिकै रुखमा झुण्डिएको अवस्थामाशव फेला परेको थिए ।
शवको दुई स्थानमा सामूहिक अन्त्येष्टी
सामूहिक हत्यामा मारिएकाको दुई स्थानमा आज सामूहिक अन्त्येष्टी गरिएको छ । बमबहादुरसहित चार जनाको आरुबोटकै चिहानडाँडामा तथा धनराज शेर्मासहित पाँच जनाको पुख्र्यौली गाँउ सराङ डाँडामा अन्त्येष्टी गरिएको हो । सामूहिक चिता बनाई शव जलाइएको स्थानीय गणेशप्रसाद लुइँटेलले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
गाडी दुर्घटनामा युवतीको मृत्यु, पाँच जना घाइते
जेठ १७, २०८१ बिहिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार