सुकेधारा र घट्टेकुलोमा सिलिन्डर ग्याँस विस्फोट, तीन जनाको मृत्यु !
इन्द्र रिजाल
जेठ १२, २०७६ आइतबार २३:१६:४१
काठमाडौं । काठमाडौंका दुई स्थानमा आइतबार दिउँसो विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा भएका विस्फोटनमा तीन जनाको मृत्यु भएको हो।
दुवै स्थानमा ग्याँस सिलिन्डर विस्फोट भएको हो। घट्टेकुलो विस्फोटमा एकजना घाइतेको उपचार भइरहेको छ। विस्फोटमा परी घट्टेकुलोमा एकजना र सुकेधारामा भएको विस्फोटमा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन ।
घाइतेहरुको वीर, ओम अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार एक्कासी विस्फोटको आवाज आएको थियो । घटनाको थप विवरण आउन बाकी छ ।
उच्च सतर्कता
यसैबीच,दुई स्थान सुकेधारा र घट्टेकुलोमा सिलिन्डरका रुपमा राखिएको बम विस्फोट भएपछि प्रहरीले उच्च सतर्कता अपनाएको छ।
सुकेधाराको एक मुढा बुन्ने ठाउँमा भएको विस्फोटमा दुई जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन्। मृतकको पहिचान नभइसकेको प्रहरीले जानकारी दिएको छ।
घट्टेकुलोमा घरभित्रै विस्फोट भएर एक जनाको ज्यान जानुका साथै छ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घरभित्रै विस्फोट भएकाले कसरी विस्फोट भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रज्जवल शाहीको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
विप्लवले सोमबारका लागि आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा लगातार विस्फोट भएपछि जनजीवन त्रसित भएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार