लगनखेलको बसपार्कमा कुकर बम फेला !
इन्द्र रिजाल
जेठ १२, २०७६ सोमबार २:३०:४५
काठमाडौं । काठमाडौंका दुई स्थान सुकेधारा र घट्टेकुलोमा बम विस्फोट भएर तीनजनाको ज्यान गएको घटना सेलाउन नपाउदै ललितपुरका दुई स्थानमा बम भेटिएको छ।
लगनखेलको बसपार्कमा कुकर बम र बालकुमारीमा पनि विस्फोटक पदार्थ भेटिएपछि सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगेको छ।
नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा एकपछि अर्को विस्फोटमा ज्यान गएपछि सर्वसाधारण आतंकित बनेका छन्। सुकेधाराको एक सैलुनमा भएको विस्फोटमा दुई जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन्।
घट्टेकुलोमा घरभित्रै विस्फोट भएर एक जनाको ज्यान जानुका साथै छ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। घरभित्रै विस्फोट भएकाले कसरी विस्फोट भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रज्जवल शाहीको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार