कृषिको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने प्रक्षेपण
इन्द्र रिजाल
जेठ १३, २०७६ मंगलबार ४:५५:५३
काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ को कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २६.९८ प्रतिशत हुने अनुमान गरिएको छ ।
अर्थमन्त्रीले संसद्मा पेश गरेको आर्थिक सर्वेक्षणमा विगत दुई दशकमा कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले वृद्धि भएको तथा आव २०७४÷७५ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर २.७ रहेको उल्लेख छ ।
आव २०७५÷७६ मा कृषि क्षेत्रको उत्पादन वृद्धिदर ५.१ प्रतिशत रहने अनुमान रहेको छ । देशको प्रमुख खाद्यान्न तथा तरकारी बालीमा भएको उत्पादन वृद्धि, मल, बीउ तथा कृषि सामग्रीको उपलब्धता, सिँचाइ सुविधा विस्तार तथा अनुकूल मौसमका कारण पनि कृषि क्षेत्रको उत्पादन वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।
कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धि, भण्डारणको व्यवस्था, प्रशोधन तथा वितरण प्रणाली प्रभावकारी बनाउँदै सन् २०३५ सम्ममा मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्ने, खाद्य तथा पोषण सुरक्षा एवं दिगो वातावरणीय संरक्षण लक्ष्य लिई आव २०७३÷७४ देखि २० वर्षे कृषि विकास रणनीति कार्यान्वयनमा ल्याइएको छ ।
कृषि क्षेत्रको आधुनिकीकरणको लक्ष्यसहित आव २०७३÷७४ देखि कृषि विकास रणनीति कार्यान्वयनको पूरक परियोजनाका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनमा रहेको छ ।
कूल खेतीयोग्य जमीनको ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा लगाइने धानबालीको क्षेत्रफल आव २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा १.५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
रासायनिक मलको सहज आपूर्ति, मौसमी अनुकूलता, नयाँ प्रविधिको विकास तथा प्रसारका कारण धानको उत्पादन र उत्पादकत्वमा क्रमशः ८.९ तथा ७.९ प्रतिशतले वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
बैशाख ३१, २०८१ सोमबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
बैशाख ३१, २०८१ सोमबार
ललितपुरको नख्खु दोबाटोमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्
जेठ १, २०८१ मंगलबार
बेलासपुरमा रहेको ऐतिहासिक बेलासपुर मन्दिर
जेठ १, २०८१ मंगलबार
मन्त्रिपरिषदबाट सरकारको नीति तथा कार्यक्रम पारित
जेठ १, २०८१ मंगलबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
गम्भीर मोडमा उभिँदै गरेको अर्थतन्त्र सुधार्न दलका नेताहरुको ओठे प्रतिबद्धता ?
जेठ १, २०८१ मंगलबार
सिंहदरवारमा मन्त्रिपरिषदको बैठक, नीति तथा कार्यक्रम पारित गर्ने
जेठ १, २०८१ मंगलबार