भूकम्पलगतै बन्द रहेको तातोपानी नाका चार वर्षपछि खुल्यो
इन्द्र रिजाल
जेठ १५, २०७६ बिहिबार १:२६:५४
चौतारा । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पलगतै बन्द रहेको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ ।
भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको लिपिङमा निर्मित मितेरी पुलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र चीन सरकारको तर्फबाट वाणिज्य उप–मन्त्री झाङ जि वइन र चिनियाँ राजदूत होउ याङ छिले संयुक्त रुपमा रिबन काट्दै उक्त नाकाको उद्घाटन गरेका छन् ।
ल्हासाबाट चार कन्टेनर ऊन ल्याउँदै नाका सञ्चालनमा आएको हो । नाका शुभारम्भपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले ‘एक चीन नीति’मा नेपाल अडिग रहेको बताए। भरखरै सञ्चालनमा आएको नाकाबाट नियमित रुपमा व्यापार व्यवसाय सञ्चालन हुनेमा आशावादी भएको मन्त्री यादवले बताए ।
भूकम्पपछि पुनःनिर्माणमा चीनले नेपाललाई धेरै सहयोग गरेको उनले बताए । कार्यक्रममा चिनियाँ उपमन्त्री झाङले नेपालसँग साझेदारी गरेर जान चीन तयार रहेको बताए ।
उनले सुरक्षा संवेदनशीलताको हिसाबले तातोपानी नाकालाई स्मार्ट बनाउन आवश्यक रहेको र सहज रुपमा व्यापार व्यवसाय हुनेमा आशावादी रहेको उनको भनाइ थियो ।
नाका सञ्चालनमा आए पनि मानिसको आवतजावत भने खुला गरिएको छैन । कार्यक्रममा सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, बाह्रबिसे नगरपालिकाका प्रमुख निम फुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललगायतको उपस्थिति रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
आठवटा ‘डिपट्युवेल’का ‘ट्रान्सफर्मर’ चोरी
जेठ २, २०८१ बुधबार
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
जेठ २, २०८१ बुधबार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसदको अवरोध हटाउनेबारे छलफल
जेठ २, २०८१ बुधबार
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री
जेठ २, २०८१ बुधबार
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम
जेठ २, २०८१ बुधबार
थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु
जेठ २, २०८१ बुधबार