नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे मुख्य प्रशिक्षकमा भारतका पटवाल
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २०:२२:१९
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी उमेश पटवालले पाउने भएका छन् । पटवाल भारतीय नागरिक हुन् ।
पछिल्लो समय नेपाली राष्ट्रिय टोलीमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गर्दै आएका पटवाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्रोतका अनुसार उनलाई आईसीसीले एक वर्षका लागि प्रशिक्षक नियुक्त गर्न लागेको हो । यसअघि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका थिए । पटवाल नेपाली क्रिकेट टोलीको पछिल्लो सफलताको सारथी पनि हुन् ।
उनी सन् २०१८ मा नेपालले जिम्बाबेमा भएको विश्वकप छनोट खेरिहँदा पनि टोलीमा रहेका थिए ।
नेपालले एकदिवसीय मान्यता पाएसँगै नेपाली टोलीलाई विदेशी प्रशिक्षक आवश्यक रहेको चर्चाकाबीच आईसीसीले पटवाललाई नेपाली टोलीको जिम्मा दिएको हो । उनको नियुक्तिदेखि तलबसम्म आईसीसीले व्यहोर्ने स्रोतले जनाएको छ ।
पटवालले यसअघि अफगानिस्तान राष्ट्रिय क्रिकेट टोलीको पनि नेतृत्व गरीसकेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार