क्रिकेटिङ्ग नेपालको ब्राण्ड एम्बेसेडरमा दिपेन्द्र सिंह ऐरि नियुक्त
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २२:०:२२
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिंह ऐरि क्रिकेटिङ्गनेपाल डटकमको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका हुन् ।
शुक्रबार एक कार्यक्रमका बीच दिपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङ्गनेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ्गनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् ।
दिपेन्द्रले क्रिकेटिङ्गनेपालको ब्राण्ड एम्बेसेडर बन्न पाउँदा आफूलाई खुशी लागेको बताए । क्रिकेटिङ्गनेपाल खेलकुदसँग सम्वन्धित व्यवसायिक वेबसाइट हो ।
सन् २०१७ मा किर्तिपुरमा भएको आईसिसि वर्ल्ड क्रिकेट लिग च्याम्पिनयशीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपनि दिपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन् । उनी ट्वान्टी ट्वान्टीमा पनि नेपालका लागि प्रमुख खेलाडी हुने गर्दछन् ।
सन् २०१३ मा काठमाडौंमा भएको एसीसी ट्वान्टी ट्वान्टीमा कपसँगै शुरुवात गरिएको क्रिकेटिङ्गनेपाल हाल आफ्नो सातौं बर्षमा चलिरहेको छ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
दुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार