प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ द्वारा कर्णाली प्रदेश १८१ रनले पराजित
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २२:३६:५४
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित हात पारेको छ ।
शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रदेश १ ले पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभर १ बलमा मात्र ४७ रन बनाउँदा अलआउट भयो ।
कर्णालीका निश्चल रावलले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का कप्तान पुष्प थापाले ६ विकेट हात पारे । उनले ९ ओभर १ बलमा १ मेडनसहित १९ रन खर्चिए । यस्तै मुकुन्द यादबले ३ तथा कमल खत्रीले १ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो । प्रदेश १ का सिद्धान्त लोहनीले ७ चौकाको मद्दतमा ६३ रन बनाउँदा रिटायर्ड हर्ट हुन् पुगे ।
यस्तै फिर्दोस अन्सारीले अविजित ४५, सुन्नी पुनले ३४, कप्तान पुष्प थापा २९ रन जोडेका थिए । कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवन पुनले समान २–२ विकेट हात पारेका थिए ।
जितसंगै समूह ’बी’ को प्रदेश १ ले ३ खेलमा २ अंक जोडेको छ । प्रदेश १ तेस्रो स्थानमा रहेको छ । कर्णालीको यो चौंथो हार हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदुई वर्ष कार्यकाल रहेका पाँच समिति गठन
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै
जेठ २, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सोलार म्याक्सीमा : सूर्यमा हलचल, पृथ्वीमा खलबल
जेठ २, २०८१ बुधबार
उपप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता
जेठ २, २०८१ बुधबार
डढेलोबाट प्रभावित पश्चिमी क्यानडामा छ हजारभन्दा बढी विस्थापित
जेठ २, २०८१ बुधबार
निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी महिला लाभान्वित
जेठ २, २०८१ बुधबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
संसद अवरोध हटाउन सत्ता पक्षका तीन नेता छलफलमा
जेठ २, २०८१ बुधबार