सामूहिक कागती खेती वालिङमा
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार २३:२१:२
स्याङ्गजा । यहाँका बासिन्दाले सामूहिक कागती लगाउने निर्णयसहित कामको थालनी गरेका छन् । वालिङ नगरपालिका –१२ र १४ का ढिकीडाँडा, तमादी र अमलडाँडाका बासिन्दाले झण्डै एक हजार रोपनीमा सामूहिक रुपमा कागती खेती गर्ने निर्णयसहित काम आरम्भ गरेका हुन् ।
बसाइँसराइ, रोजगारी तथा बाँदर एवं वन्यजन्तुको समस्याका कारण उर्वरायुक्त जमीन बाँझै भएपछि डेढ सय घरपरिवार भेला बसी सामूहिक कागती खेती गर्नका लागि एकतबद्ध भएका हुन् । “कागती खेती गर्दा बाँदर तथा अन्य वन्यजन्तुले हानि पु¥याउँदैन, हावापानी र माटोका दृष्टिले पनि यो ठाउँ कागती तथा अमिलो जातका फलफूलका लागि उपुयक्त देखियो”, वरिष्ठ कृषि अर्थविज्ञ एवं स्थानीयवासी टेकप्रसाद लुइँटेलले बताए, “गाउँलाई कागती तथा समग्रमा कृषिको नमूना क्षेत्र बनाउने हाम्रो लक्ष्य र उद्देश्य रहेको छ ।”
रोजगारीका सिलसिलामा विदेशिरहेका युवालाई गाउँमै रोजगारी भएसँगै आय आर्जन हुने तथा बसाइँसराइबाट प्रभावित बनेको गाउँलाई पुनर्जागरणका लागि यो अभियान प्रभावकारी हुने विश्वास आफूले लिएको लुइँटेलले बताए ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङलाई यस खालका अभियानले छिट्टै गन्तव्यतर्फ पु¥याउने विश्वास वालिङ नगर प्रमुख दिलीपप्रताप खाणको छ । “स्थानीयवासी जागरुक भएर स्वतःफूर्तरुपमा गाउँको मुहार परिवर्तन गर्ने महान् अभियानमा लाग्नुभएको छ” खाणले भने, “यस अभियानलाई व्यावसायिक रुपमा सफल बनाउन नगरपालिकाले आर्थिक, प्राविधिक तथा अन्य आवश्यक सहयोग प्रदान गरी अन्यत्र पनि लागू गर्न प्रोत्साहन गर्नेछौँ ।”
स्थानीयवासीले सामूहिक रुपमा देखाएको व्यावसायिकता समग्रमा वालिङको आधुनिक कृषि तथा आर्थिक पक्षका लागि एउटा कोसेढुङ्गा सावित हुने नगर उपप्रमुख कल्पना तिवारीको जिकिर छ । “अब हरेक गाउँमा केही न केही उत्पादन गर्नुपर्छ”, नगर उपप्रमुख तिवारीले भनिन्, “उत्पादन भएका कृषिजन्य वस्तुहरुको बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने छ ।”
बजारलाई स्मार्ट सिटी र गाउँलाई स्मार्ट भिलेज बनाउने गरी स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको नगरपालिकाको पहिलो स्मार्ट भिलेजका रुपमा यस ठाउँलाई चिनाउने गरी काम थालिएको वडा नं १४ का वडा सदस्य गमप्रसाद लुइँटेलले बताए । “हामीले झण्डै डेढ सय घरधुरीको करीब एक हजार रोपनी क्षेत्रफलको लालपूर्जा सङ्कलन गरेर पहिलो चरणमा बाँझो जग्गामा रहेका बुट्यानहरु एक सातादेखि फँडानी गरिरहेका छौंँ”, वडा सदस्य लुइँटेलले भने, “फँडानी कार्य केही दिनमा सकिने छ, त्यसको लगत्तै खाडल खनेर कागतीका बिरुवाहरु लगाउने छौंँ ।”
पहिलो चरणमा प्रतिरोपनी रु पाँच हजारका दरले रकम सङ्कलन गरेर थालिएको कार्य सम्पन्न गर्न रु दुई करोड १७ लाख ४५ हजार लाग्ने अनुमान रहेको वडा सदस्य लुइँटेलले बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा करीब ३० हजार कागतीका बिरुवा तथा तरकारी लगाउने योजना छ ।
युवा वैदेशिक रोजगारीमा जाने र कतिपय स्थानीयवासी घर नै छाडेर तराईतिर बसाइँसराई गएका कारणले हिजोको खेतीयोग्य जमीन बाँझै रहेको स्थानीयवासी युवक टीकाराम लुइँटेलले बताए । “यहाँ बाँदरले दिएको हैरानीका कारण पनि अन्य खेती लगाउन सकिने अवस्था देखिएन”, स्थानीयवासी टीकारामले भने, “कागतीलाई बाँदरले नखाने भएकाले पनि हामीले बाँझो रहेका सबै जग्गाभरी कागती र अन्य समयानुकुलका तरकारीहरु पनि लगाउने योजना बनाएर काम थालेका हौं ।”
ढिकीडाँडामा पहिला ३५÷४० घरधुरी भए पनि अहिले बसाइँसराइका कारण चारपाँच घरमा मात्रै मानिसको बसोबास रहेको स्थानीयवासी वृद्ध पुण्यप्रसाद लुइँटेलले बताए ।
गाउँबाट पलायन भएकाहरुलाई यो अभियानले पुनः गाउँमै फर्काउन सकिन्छ कि भन्ने आशा रहेको पुण्यप्रसाद बताए । तीन गाउँमा रहेका सबै घरधुरीलाई समेटिने गरी प्रत्येक गाउँबाट चार चार जनाका दरले १२ जनाको समिति बनाएर कामलाई तीव्रता दिइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने
जेठ १, २०८१ मंगलबार
फलफूल, तरकारी र दूध उत्पादन गर्ने किसानलाई अनुदान
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार