कल बाइपास गर्ने १६७ विरुद्ध मुद्दा
इन्द्र रिजाल
जेठ १८, २०७६ शनिबार १५:०:२४
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुलुकका विभिन्न क्षेत्रमा कल बाइपास गरेर राजश्व छली गर्दै आएका १६७ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।
ब्यूरो स्थापनापछि अहिले गरिएको खोजी अभियानका क्रममा पक्राउ परेका उनीहरूबाट रु ११ अर्ब ९१ करोड विगोसहितको माग दाबी गरी मुद्दा चलाइएको ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
सो अवधिमा ब्यूरोले विभिन्न १०८ स्थानमा कारवाही गरी नेपाली १३० र विदेशी ३७ जनालाई पक्राउ गरेको रेग्मीले बताए । उनीहरूविरुद्धको कारवाहीमा कल बाइपासमा प्रयोग हुने दुई हजार ३७५ आधुनिक उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो पटक मात्रै काठमाडौँबाट खटिएको ब्यूरोको टोलीले यही जेठ १५ गते रूपन्देही, सिद्धार्थनगर नगरपालिका–३ काटागाउँबाट भारतको महराजगञ्ज थाना नौतनवा ग्राम सोनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गर्न सफल भएको छ । उनको कोठामा खानतलासी गर्दा ल्यापटप, एरियल, कल बाइपास गर्न प्रयोग गरिने डिभाइस, केबुल तार सिम पोर्ट, भारतीय सिमसमेत बरामद गरिएको छ ।
उनीविरुद्ध दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रूपन्देहीबाट म्याद लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । कल बाइपासमा विदेशीहरूसमेत सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार