नेपालगञ्जमा रात्रिकालिन फुटसल सुरु, पत्रकारको १६ गोल
इन्द्र रिजाल
जेठ १९, २०७६ आइतबार १९:३७:०
बाँके । बााकेको नेपालगञ्जमा झण्डै एक करोडको लागतमा रात्रिकालिन फुटसल प्रतियोगिता सुरु भएको छ । बिहान र बेलुका नियमित फुटसल खेल्न जानेहरुका बीचमा आठ वटा टीम बनाएर जुमा स्पोर्टस क्लवले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको शनिबार राति आठ बजे नेपालगञ्जका मेयर धवलशमशेर राणाले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतको उपस्थिति थियो ।
प्रयितोगिताको उद्घाटन भने पत्रकार र कानून व्यवसायीको बीचमा मैत्रीपूर्ण खेल खेलाएर भएको थियो । मैत्रीपूर्ण म्याचमा पत्रकारको टोली १६–२ गोलले विजयी भयो । खेलमा कुमार श्रेष्ठ, ठाकुरसिंह थारु, विशाल राना, प्रभात देवकोटाले ह्याट्रिक गरेका थिए । खेल एकतर्फी भएको थियो ।
प्रतियोगितामा भने भाष्कर काफ्लेको टोलीले विजयी शुरुवात गरेको छ । काफ्लेको टोलीले सरोबर प्रसाईको टीमलाई ६–३ गोलले पराजित गरेको थियो । काफ्लेको टीमबाट केशव राना र माधव अर्यालले तीन÷तीन गोल गरेका थिए भने प्रसाईको टीमबाट रविन पराजुलीले तीन गोल गरे ।
हरिलाल न्यौपाने र उदय अधिकारीको टीमको दोस्रो खेल भने बराबरीमा टुंगिएको छ । दुवै टीमले चाररचार गोल गरेका थिए । न्यौपानेको टीमबाट कृष्ण थापाले २, ज्ञानेन्द्र श्रेष्ठ र अमर श्रेष्ठले एक÷एक गोल गरेका थिए । अधिकारीको टीमबाट अमित बस्नेतले तीन र उदय अधिकारीले एक गोल गरे ।
जुमा स्पोर्टस क्लवले आठ वटा टीममा कप्तानको नाममा टीम तयार गरेको छ । क्लवका अध्यक्ष भीम रानाभाटले उद्योगी व्यवसायीलाई फुटबल प्रति आकर्षित गरेर जिल्लामा फुटबलको क्रेज बढाउन लागि परेको बताए ।
जुमाले यसअघि अन्तर व्यवसायी फुटबल प्रतियोगिता गरेको थियो । २५ गतेसम्म चल्ने फुटसलको विजेताले २१ हजार पुरस्कार पाउनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
यस्तो छ, बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची
जेठ २, २०८१ बुधबार
पञ्चेबाजा बजाउँदै समर्थकहरूले क्रिकेटर सन्दीपको गरे स्वागत
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार