प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : नेपाल पुलिस सेमिफाइनलमा प्रवेश
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार २:५:९
काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह ’बी’ बाट सेमिफाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रन बनाउन सक्यो । प्रदेश २ का लागि हरि शंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रन बनाए । यस्तै रबी साहले १५ रन जोड्दा सुरज पटेलले १२ रन बनाए ।
प्रदेश २ लाई सस्तैमा समेट्न दिपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडनसहित २८ रन खर्चिए ५ विकेट लिए । ललित नारायण राजवंशीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसै सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए ।
प्रदेश २ का संसद शेखले ४ तथा राशिद खानले २ विकेट लिए । यो जितसंगै पुलिस समूह बीको विजेता बनेर सेमिफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा ४ जितसहित ८ अंक जोड्यो ।
यस समूहबाट त्रिभुवन आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आर्मीले ४ खेलबाट ६ अंक जोड्यो । ४ अंक प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै यस समूहबाट प्रदेश १ र कर्णाली पनि बाहिरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै, कांग्रेसको अवरोधले चल्छ त संसद ?
जेठ ३, २०८१ बिहिबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार