प्रधानमन्त्री कप क्रिकेट : प्रदेश पाँच विजयी
इन्द्र रिजाल
जेठ २०, २०७६ मंगलबार १:१२:२७
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा प्रदेश पाँच विजयी भएको छ ।सोमबार गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गर्दै तालिकामा ५ अंक जोडेको थियो । तर यस समूहबाट ६ अंक जोडेका प्रदेश तीन र एपीएफ विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भए ।
कीर्तिपुर खेल मैदानमा गण्डकी प्रदेशले दिएको २३५ रनको लक्ष्य प्रदेश पाँचले ४९.५ ओभरमा पुरा गरेको थियो । प्रदेश पाँचलाई जिताउन सौरभ खनालले ९० रन जोडे । उनले ११२ बल फेस गरेका सौरभले १२ चौका प्रहार गरेका थिए । प्रणित थापा मगरले ४५ रन जोडे ।
निश्चल चौधरीले ३३ रन जोडेका थिए । टस जितेर पहिला ब्याटिङ गर्दा अनिल गुरुङको शतकको मद्दतले गण्डकी प्रदेशले २३४ रन बनाएको थियो । ओपनिङ आएका अनिलले ११५ रन बनाए ।
१४१ बलमा ४ चौका र १ छक्काको मद्दतले शतक पुरा गरेका अनिलले समग्रमा ११५ रन बनाएर आउट भएका हुन् । उनले १५२ बल फेस गर्दा ५ चौका र १ छक्का प्रहार गरे । ओपनिङ आएका अनिल नवौं विकेटको रुपमा आउट भएका थिए । प्रदेश पाँचका अनिल खरेलले ५ विकेट लिँदा विक्रम भुषालको नाममा २ विकेट रह्यो ।
यस्तै मुलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै प्रदेश ३ ले अन्तिम चारको यात्रा तय गरेको छ । प्रदेश ३ ले चार खेलबाट ६ अंक बनाएको छ । रनरेटमा अघि रहँदै प्रदेश ३ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ ।
राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३.२ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५.१ ओभरमा अलआउट हुँदा १५४ रन बनाएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार