विश्वकपमा न्युजिल्याण्ड बलियो की बंगलादेश ?
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १५:११:६
एजेन्सी । विश्वकप क्रिकेटको दोस्रो खेलमा बुधबार न्युजिल्याण्ड र बंगलादेश खेल्दैछन् । खेल लण्डनको किन्नाइट ओभल मैदानमा बेलूकी सवा ६ बजेपछि शुरु हुनेछ ।
दुबै टोलीले पहिलो खेल जितेका छन । बंगलादेशले बलियो मानिएको दक्षिण अफ्रिकालाई हराएको थियो भने न्युजिल्याण्डले श्रीलंकाथि १० विकेटको जित हात पारेको थियो ।
विश्वकप क्रिकेटमा तुलनात्मक रुपमा कमजोर आकिएको बंगलादेशले दक्षिण अफ्रिकालाई हराएर आफ्नो क्षमता देखाइसकेको छ । आज न्युजिल्याण्ड पनि बंगालदेशसँग सतर्क भएर खेल्नुपर्ने हुन सक्छ ।
उसका मुख्य हतियार मानिएका शकिब अल हसन व्याटिङ र बलिङ दुबैमा विश्वस्तरीय अलराउण्डर हुन । उनले जतिबेला पनि खेल आफ्नो पडकमा राख्ने क्षमता राख्छन ।
एसिया टाइगरको उपमा पाएको बंगलादेशका लागि तमिम इक्वाल, मुशाफिकर रहिम, सौम्य सरकार, लिटन दास जस्ता व्याट्सम्यान छन ।
यस्तै सबिर रहमान, मासार्फे मुर्ताजा, मेहेदी हसन, मुस्ताफिजुर रहमान लगायतका उत्कृष्ट फर्ममा रहेका बलर छन । दुई बर्ष अघि इंग्ल्याण्डमै भएको च्याम्पियन्स ट्रफीमा घरेलु टिमलाई हराउँदै बंगलादेश सेमीफाइनल पुगेको टिम हो ।
सन् २०१५ को विश्वकपमा फाइनल पुगेको किबी टोली व्याटिङ र बलिङ दुबैमा क्षमतावान टिम हो । मार्टिन गुप्टिल, कोलिन मुन्रो, केन विलियम्सन, रोस टेलर, टोम लाथम जस्ता व्याट्सम्यानले कुनै पनि बेला टिमका लागि शतकीय साझेदारी गर्ने क्षमता राख्छन ।
बलिङतर्फ टे्रन्ट बोल्ट, टिम साउथी, जेम्स निशम, मिचेल सान्टरन पनि उत्तिकै विश्वस्तरीय छन । न्युजिल्याण्डभन्दा कमजोर मानिएपनि सनसनीपूर्ण प्रदर्शनीका कारण विश्वकपमा बंगलादेशलाई ‘अन्डरडग’ टोलीका रुपमा हेरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार