प्रधानमन्त्री कप : आर्मीले प्रदेश नं ३ लाई ३१० को विशाल लक्ष्य
इन्द्र रिजाल
जेठ २२, २०७६ बुधबार १९:२६:२६
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका सदस्य विनोद भण्डारीको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ लाई जितको लागि ३१० रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३०९ रनको योगफल बनायो ।
आर्मीको लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ७५ रनको योगदान दिए । ४२ बल खेलेका उनले पाँच छक्का र समान पाँच चौका प्रहार गर्दै अविजित ७५ रनको योगदान दिएका हुन् ।
त्यसैगरी राजु रिजालले ५१, रोहित पौडेलले ४३, हरि चौहानले ३८, राजेश पुलामीले २९, कौशल मल्ले २६, करण केसीले २१ तथा हरिकृष्ण झाले १२ रनको योगदान दिए ।
बलिङतर्फ पारस खड्काको नेतृत्वमा रहेको प्रदेश नं ३ का नन्दन यादव र जीतेन्द्र ठकुरीले दुई÷दुई विकेट लिँदा पारस खड्का र सोनु देवकोटाले एक÷एक विकेट लिए ।
समूह चरणको खेलमा आर्मी समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने प्रदेश ३ समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा
जेठ २, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार